पार्टी विधान संशोधन गर्न माओवादीले बोलायो केन्द्रीय समिति बैठक

नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक शुक्रबार साँझ बस्ने गरी बोलाइएको छ । पार्टी विधानका केही प्रावधान संशोधन गर्नुपर्ने भएकाले केन्द्रीय समिति बैठक बोलाएको नेताहरुले बताएका छन् । नेता देव गुरुङले पार्टी विधान लगायत समसामयिक विषयमा छलफल गर्न बैठक बोलाएको बताए । ‘केही प्राविधिक कुराहरुमा छलफल र निर्णय गर्नुपर्ने भएकाले बैठक बोलाइएको हो । त्यसमा विधान संशोधन पनि पर्न सक्छ ।’ उनले भने। धेरैजसो नेताहरु उपत्यका बाहिर भएकाले बैठक भर्चुअल रुपमा बस्नेगरी बोलाइएको केन्द्रीय