काठमाडौं (अस) । सेञ्चुरी कमर्सियल बैंकले नयाँ वर्ष २०७९ सालको क्यालेन्डर सार्वजनिक गरेको छ । बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठले बुधवार क्यालेन्डर सार्वजनिक गरेका हुन् । वित्तीय साक्षरता अभिवृद्धि एवं डिजिटल कारोबार प्रवर्द्धन गर्ने उद्देश्यले नयाँ वर्ष २०७९ को क्यालेण्डरमा निक्षेप, कर्जा, डिजिटल बैंकिङका माध्यमहरू समावेश गरिएको बैंकले जानकारी दिएको छ । यसबाट वित्तीय साक्षरता र डिजिटल बैंकिङ सम्बन्धी चेतना अभिवृद्धिमा सहयोग पुग्ने बैंकको अपेक्षा छ । हाल बैंकका १२९ शाखा, १० एक्सटेन्सन काउन्टर, २४ शाखारहित बैंकिङ र ११३ एटीएम सञ्चालनमा छन् ।