जनकपुरधाम : प्रदेश २ सरकारले आर्थिक वर्ष २०७८/०७९ को लागि ल्याउने बजेटमा कोरोना महामारी रोकथाम र जनताको जीवनरक्षासम्बन्धी कार्यक्रममा बढी केन्द्रित हुने बताइएको छ।यसै वर्षभित्र प्रदेश सभाको निर्वाचन घोषणा हुन सक्ने सम्भावनासमेत रहेकाले यस वर्षको बजेटलाई निकै महत्वपूर्ण मानिएको छ।आर्थिक मामिला तथा योजना मन्त्री विजय कुमार यादवले बजेटको आन्तरिक कार्यहरु भइरहेको बताए। भने, ‘बजेट मुख्यतः कोरोना भाइरसको संक्रमणलाई रोक्न र प्रदेशवासीको जीवन रक्षामा केन्द्रित हुनेछ।’मन्त्री यादवले प्रद