निर्वाचन क्षेत्रमा बजेट बढाउन माग गर्दै प्रदेश-२ को प्रदेशसभा अवरुद्ध

१ असार, जनकपुरधाम । निर्वाचन क्षेत्रमा विकासका लागि सांसदलाई दिइँदै आएको बजेट बढाउनुपर्ने माग गर्दै प्रदेश २ का विपक्षी दलका सांसदहरुले प्रदेश सभा बैठक अवरुद्ध गरेका छन् । मंगलबार बजेट प्रस्तुतिपछि आधा घण्टाका लागि स्थगित गरिएको बैठक शुरु हुँदा विपक्षी नेकपा एमाले र नेकपा माओवादी केन्द्रका सांसदले अवरुद्ध गरेका हुन् । मंगलबारको दोस्रो बैठक शुरु […]

सम्बन्धित सामग्री

प्रदेश २ को प्रदेशसभा भवन अगाडि सञ्चारकर्मीको विरोध, गरे ‘क्यामरा डाउन’

काठमाडौँ, ३ माघ। प्रदेश २ को प्रदेशसभा भवन अगाडि सञ्चारकर्मीहरू विरोधमा उत्रेका छन् । प्रदेश २ को नाम र स्थायी राजधानी टुंग्याउन भइरहेको मतदानको समाचार संकलनमा अवरोध गरेको भन्दै पत्रकारहरूले विरोध जनाएका हुन् । समाचार संकलनमा भएको अवरोधविरुद्ध प्रदेश सभा अगाडि ‘क्यामरा डाउन’ गरेका छन् । उनीहरूले समाचार संकलनलाई सहज बनाउनुपर्ने माग गरेका छन् ।

प्रदेश २ : प्रदेशसभा बैठक दिउँसो १ बजे बस्दै

धनुषा : प्रदेश २ को प्रदेशसभा बैठक आज दिउँसो १ बजे बस्ने भएको छ। आज बस्ने बैठकमा प्रदेश सरकारले प्रदेश प्राविधिक विश्वविद्यालय अध्यादेश, २०७८ पेश गर्ने कार्यसूची रहेको छ।प्रदेश सरकारका तर्फबाट सामाजिक विकासमन्त्री नवलकिशोर साहले उक्त अध्यादेश पेश गर्ने कार्ययूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ। यस्तै‚ प्रदेश सरकारले ल्याउने सो अध्यादेशविरुद्ध प्रतिपक्षी दल लोकतान्त्रिक समजवादी पार्टीका प्रमुख सचेतक परमेश्वर साहले अध्यादेश अस्वीकृत गर्नेसम्बन्धी प्रस्ताव पेश गर्ने प्रदेशसभा सचिवालयक

प्रदेश २ को प्रदेशसभा बैठक सुरु, यस्तो छ कार्यसूची

प्रदेश २ को प्रदेशसभा बैठक सुरु भएको छ । बुधबार बिहान ११ बजे बस्ने भनिएको प्रदेशसभाको आठौँ बैठक निर्धारित समयभन्दा एक घण्टापछि  सुरु भएको हो । सातौ अधिवेशनको अन्त्य गर्दै आठौ अधिवेशनको सुरुमा मुख्यमन्त्री लालबाबु राउतले सम्बोधन गरेका छन् । प्रदेशसभा बैठकमा प्रदेश २ को नामाकरण र राजधानीसहितको प्रस्ताव पेस हुने कार्यसूची रहेको छ ।प्रदेशसभाको कार्यसूची अनुसार प्रदेश प्रमुखको कार्यालयबाट आएको पत्र पढेर सुनाइने छ । प्रदेश प्रमुखबाट सातौ अधिवेशन अन्त्य र आठौँ अधिवेशन आह्वान, विद्येयक प्रमाणीकरण,

प्रदेश २ को प्रदेशसभा बैठक आह्वान

जनकपुरधाम– प्रदेश २ को प्रदेशसभा बैठक बुधबार (भोलि) बस्दै छ। प्रदेश प्रमुख हरिशंकर मिश्रको आह्वानमा बुधबार प्रदेशसभाको आठौं अधिवेशन बोलाइएको हो। प्रदेश प्रमुख मिश्रले नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिम अधिवेशन आह्वान गरेका हुन्। बुधबार बस्ने प्रदेशसभा बैठकका लागि तयारी पूरा गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ। प्रदेशसभाका सचिव रञ्जिन कुमार यादवले बुधबार बिहान […]

प्रदेश २ को प्रदेशसभा बैठक पुनः स्थगित

जनकपुरधाम । प्रदेश २ को प्रदेशसभा बैठक लगातार दोस्रोपटक स्थगित भएको छ । आज दिउँसो १ बजे बस्ने भनिएको बैठक सूचना टाँसेर स्थगित गरिएको हो । बैठक स्थगित गरिएको सूचना सांसदहरुलाई एसएमएस पठाएर पनि जानकारी गराइएको प्रदेशसभा सचिवालयले जनाएको छ।

प्रदेश २ : प्रदेशसभा नियमावली संशोधनका लागि मस्यौदा समिति गठन

प्रदेश २ को प्रदेशसभा नियमावली संशोधनका लागि मस्यौदा समिति गठन गरिएको छ । सोमबार बसेको प्रदेशसभाको बैठकले नियमावली संशोधन मस्यौदा समिति गठन गरेको हो । समितिमा प्रदेशसभा सदस्यहरु रामअशिष यादव, रामकुमार यादव, शिवचन्द्र चौधरी, सावित्रीदेवी साह र सुन्दरबहादुर विश्वकर्मा छन् ।समितिले नेपालको संविधान २०७२ को धारा १९३, १९४ र १९५ बमोजिमको कार्यक्षेत्र व्यवस्थित गर्ने, नियमावलीलाई समयानुकूल बनाउने, प्रदेशसभा र सचिवालयलाई व्यवस्थित एवं प्रभावकारी बनाउने काम गर्ने प्रदेशसभा सचिवालयले जनाएको छ ।बैठकमा सभामु

प्रदेश २ को प्रदेशसभा बैठक भोलि दिउँसो १ बजे सम्मका लागि स्थगित

काठमाडौं। प्रदेश २ को प्रदेशसभा बैठक भोलि दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ। प्रदेश २ सरकारको तर्फबाट प्रदेश प्रमुख राजेश अहिराज झाले प्रस्तुत गरेको नीति तथा कार्यक्रम सर्वसम्मतले पारित भएपछि सभामुख सरोजकुमार यादवले बैठक स्थगित गरेका हुन्।

एमाले, कांग्रेस र माओवादीद्वारा प्रदेश २ को प्रदेशसभा बैठक अवरुद्ध

धनुषा : नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले प्रदेश २ को प्रदेशसभा बैठक अवरुद्ध गरेका छन्। विपक्षी दलका सांसदहरुले स्थानीय तहलाई प्रदेश सरकारले पठाएको शसर्त बजेटमा मनपरी गरेको आरोप लगाउँदै प्रदेशसभा बैठक अवरुद्ध गरेका हुन् ।विपक्षी सांसदहरुले प्रदेशसभा बैठक सुरु भएलगत्तै विशेष समय लिएर बोल्दै प्रदेशसभामा मुख्यमन्त्रीले जवाफ नदिएसम्म बैठक चल्न नदिने अडान लिएपछि सभामुख सरोज कुमार यादवले प्रदेशसभा बैठक एक घण्टाका लागि स्थगित गरेका छन् ।प्रदेशसभा बैठकमा आज ’विनियोजन

प्रदेश २ को प्रदेशसभा बैठक अवरुद्ध

प्रदेश २ मा प्रदेशसभा सदस्यहरुसँग समन्वय नै नगरी स्थानीय तहमा सशर्त अनुदानको बजेट पठाइएको भन्दै विपक्षी दलबाट प्रदेशसभा बैठक अवरुद्ध भएको छ । बैठक अवरुद्ध भएपछि एक घन्टाका लागि प्रदेशसभा बैठक स्थगित गरिएको सभामुख सरोज कुमार यादवले जनाएका छन् ।प्रदेशसभा बैठक सुरु हुनासाथ  विपक्षी दलका प्रदेशसभा सदस्यहरुले सशर्त अनुदान स्थानीय पालिकाहरुमा समन्वय नगरी पठाइएको भन्दै बैठक अवरुद्ध गरेका हुुन् । विपक्षी दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एमालेका प्रदेशसभा सदस्यहरु प्रदेशसभा बैठ

प्रदेश २ मा प्रदेशसभा सदस्यसहित ११ जनामा कोरोना पुष्टि

प्रदेश २ मा प्रदेशसभा सदस्यसहित ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।