१७ असार, काठमाडौं । राष्ट्रियसभा सदस्य राधेश्याम अधिकारीले नागरिकले अहिले राणकालीन बडाहाकिमको शासन बेहोर्नु परेको बताएका छन् । बिहीबार राष्ट्रियसभा बैठकमा बोल्दै नेपाली कांग्रेस राष्ट्रियसभा संसदीय दलका नेता अधिकारीले मुलुकमा प्रमुख जिल्ला अधिकारी (सिडिओ) मार्फत् सरकार चलाउने काम भएको बताए । ‘आम नेपाली जनताले राणाकालीन बडाहाकिमको शासन बेहोर्नु परेको छ । सिडिओमार्फत् सरकार चलाइदैछ । […]