काठमाडौं : संविधानसभा सदस्य राधेश्याम अधिकारीले प्रत्यायोजित र तजबिज अधिकार हस्तान्तरण गर्ने पाटोमा गम्भीर हुन सुझाव दिएका छन्।प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठकमा विज्ञका रुपमा धारणा प्रस्तुत गर्दै उनले प्रत्यायोजित अधिकार र तजबिजी अधिकारलाई भरसक दिन हुन्न भन्ने मामिलामा समयमै सजग र सचेत रहन समिति सदस्यलाई सुझाव दिए। ‘प्रत्यायोजित अधिकार सहजैरुपमा संसद्ले अरूलाई दिनु हुन्न। तोकिएबमाजिम हुने भनियो त्यसको गलत अभ्यासलाई पनि स्वीकार्नुपर्ने अवस्था हुन सक्छ। प्रत्यायो