काठमाडौं । स्थानीय तहको निर्वाचनबारे संविधान र ऐनमा रहेका प्रावधान बाझिएको भन्दै सत्तारुढ गठबन्धनका केही नेताले त्यस्ता प्रावधानलाई सच्याएर चुनावको मिति घोषणा हुने बताइरहँदा वरिष्ठ अधिवक्तासमेत रहेका काँग्रेस नेता राधेश्याम अधिकारी भने चुनावसम्बन्धी सबै कुरा प्रस्ट रहेको दाबी गर्दछन् ।उनले स्थानीय तहको निर्वाचनका सम्बन्धमा संविधान र ऐनमा कुनै अस्पष्टता नरहेको बताए । ‘मलाई स्थानीय तहको निर्वाचनका सम्बन्धमा संविधान र ऐन–कानुनमा केही बाझिएकोजस्तो लाग्दैन,’ रातोपाटीसँग कुरा गर्दै उ