राष्ट्रिय सभाका सदस्य राधेश्याम अधिकारी अस्पताल भर्ना

काठमाडौँ । राष्ट्रिय सभाका सदस्य राधेश्याम अधिकारी अस्पताल भर्ना भएका छन् । कोरोना भाइरसको संक्रमणपछि स्वास्थ्यमा समस्या आउँदा अधिकारीलाई अस्पताल भर्ना गरिएको हो । अधिकारीलाई केही दिनअघि कोरोनाभाइरसको संक्रमण पुष्टि भएको थियो ।