काठमाण्डाै – कोभिड–१९ (काेराेना भाइरस) विरुद्धको खोपको पहिलो अधिकार विद्यार्थीलाई दिइनुपर्ने माग गर्दै नेपाल विद्यार्थी सङ्घले बिहीवार काठमाण्डाैकाे माइतीघर मण्डलामा प्रदर्शन गरेको छ ।
विद्यालय र क्याम्पसहरू खुलेका कारण विद्यार्थीहरूलाई कोरोनाको जोखिम बढेको भन्दै नेपाल विद्यार्थी सङ्घले विद्यार्थीहरूलाई प्राथमिकतामा राखेर कोरोनाविरुद्धको खोप दिनुपर्ने माग गरी प्रदर्शन गरेको हो ।
नेपाल विद्यार्थी सङ्घका महामन्त्री दीपक भट्टराईले सरकारले विद्यार्थीहरूलाई प्राथमिकताका साथ कोरोनाविरुद्धको खोप नदिए सडक आन्दोलन गर्...