विश्वका नम्बर एक टेनिस खेलाडी नोभाक जोकोभिचले आफूले कोरोनाविरुद्धको खोप नलगाएको विषयलाई लिएर मुख खोलेका छन् । उनले आफू कोरोना खोपको विरुद्धमा नभएको तर खोप लगाउनका लागि आफूलाई कसैले बाध्य पार्न नसक्ने बताएका बीबीसीले जनाएको छ ।
जोकोभिचले सबैले आफ्नाे शरीरका लागि सबैभन्दा राम्राे छान्न पाउनुपर्ने र त्याे स्वतन्त्रता नहुँदा आफूले विराेध गरिरहेकाे बताएका छन् । यतिमात्र नभइ उनले आफूमाथि खोप लगाउने दबाब बनाए भविष्यमा हुने ट्रफी छोड्नका लागि तयार भएको बीबीसीमा उल्लेख छ ।
यस वर्षको सुरुमा सर्बियाका खेल...