दक्षिण कोरियाले अवैधरुपमा कार्यरत विदेशी कामदारलाई कोरिया छाड्नका लागि एक मौका प्रदान गरेको छ । त्यहाँको कानुन मन्त्रालय अन्तरगत रहेको इमिग्रेशन सेन्टरले पूर्ण रुपमा खोप लगाइएका अवैध कामदारलाई स्वेच्छाले कोरिया छाड्न चाहेमा जरिवाना छुट दिनुका साथै भविष्यमा प्रवेशमा प्रतिबन्ध नलगाउने घोषणा गरेको छ । दक्षिण कोरियास्थित नेपाली दूतावासका अनुसार यो नियम अक्टोबर १२ भित्र पूर्ण खोप लगाएका वा ३१ डिसेम्बरसम्म खोप लगाउनेको हकमा समेत लागू हुनेछ । यो नियम अपराधको आरोपमा प्रहरीमा बुझाइएका र को