काठमाडौं। जसपाका अध्यक्ष उपेन्द्र यादवले नेपालको राजनीति गिजोलिएकाले अनिश्चितता र अनिश्चयतिर धकेलिएको बताएका छन्। खोप लगाउन संसद भवन परिसर पुगेका यादवले भविष्यमा लोकतन्त्रका लागि संघर्ष गर्नुपर्ने अवस्था आउने बताए। "राजनीतिलाई सही बाटोमा हिडाउने प्रयास अझै जारी छ। तर प्रधानमन्त्रीको छाँटकाट संसद भंग गर्ने र मुलुकलाई अन्यौलता र अस्थिरता तर्फ लैजाने देखिएको छ। यो गलत कार्य हो," उनले भने।