किसानको गुनासोः मल नपाउँदा रोपाइँ गर्न समस्या भयो

सर्लाहीः असार महिना सकिन लाग्दा सर्लाहीमा ४५ प्रतिशत मात्र धान रोपाइँ सकिएको हो। कृषि ज्ञान केन्द्र सर्लाहीका प्रमुख कमलदेवप्रसाद कुशवाहले विगत वर्षमा समयमा वर्षा नहुँदा रोपाइँ ढिलो हुने गरेको भए पनि यसवर्ष अलि छिटो भएको बताए। गतवर्ष यसबेलासम्म करिब ८० प्रतिशत बढी क्षेत्रफलमा किसानले धान रोपिसकेको ज्ञान केन्द्रको तथ्याङ्कमा उल्लेख…

सम्बन्धित सामग्री

मल नपाउँदा रोपाइँमा समस्या

काठमाडौँ,२९ असार । असार महिना सकिन लाग्दा सर्लाहीमा ४५ प्रतिशत मात्र धान रोपाइँ सकिएको हो । कृषि ज्ञान केन्द्र सर्लाहीका प्रमुख कमलदेवप्रसाद कुशवाहले विगत वर्षमा समयमा वर्षा नहुँदा रोपाइँ ढिलो हुने गरेको भए पनि यसवर्ष अलि छिटो भएको बताए । गतवर्ष यसबेलासम्म करिब ८० प्रतिशत बढी क्षेत्रफलमा किसानले धान रोपिसकेको ज्ञान केन्द्रको तथ्याङ्कमा उल्लेख छ […]

गण्डकीमा ६२ प्रतिशत रोपाइँ, अझै मल आउने टुंगो भएन

पोखरा । गण्डकी प्रदेशमा ६२ प्रतिशत रोपाइँ सकिएको छ । आधा भन्दा बढी रोपाइँ सकिदासम्म किसानहरु भने मल अभावको समस्या झेलिरहेका छन् ।  प्रदेशको धान खेती हुने १ लाख ३ सय १० हेक्टर क्षेत्रफल मध्ये ६२ हजार ५ सय १० हेक्टरमा रोपाइँ सकिएको कृषि विकास निर्देशनालय गण्डकी प्रदेशका निमित्त प्रमुख बासुदेव रेग्मीले जानकारी...

गण्डकीमा ६२ प्रतिशत रोपाइँ, अझै मल आउने टुंगो भएन

पोखरा । गण्डकी प्रदेशमा ६२ प्रतिशत रोपाइँ सकिएको छ । आधा भन्दा बढी रोपाइँ सकिदासम्म किसानहरु भने मल अभावको समस्या झेलिरहेका छन् ।  प्रदेशको धान खेती हुने १ लाख ३ सय १० हेक्टर क्षेत्रफल मध्ये ६२ हजार ५ सय १० हेक्टरमा रोपाइँ सकिएको कृषि विकास निर्देशनालय गण्डकी प्रदेशका निमित्त प्रमुख बासुदेव रेग्मीले जानकारी...

प्रदेश १ मा ४८.६४ प्रतिशत रोपाइँ

धान रोपाइँको सिजनमा वषौंदेखि प्रदेशका किसानले एउटै समस्या झेल्दै आएका छन्। समयमै मल र पर्याप्त सिँचाइको व्यवस्था गर्न वर्षौंदेखि माग गर्दै आएका किसानहरूले गणतन्त्र आइसक्दा पनि आश्वासनबाहेक केही पाउन सकेका छैनन्।...

रासायनिक मलको अभावका कारण किसान समस्यामा

डोटी– जिल्लामा रोपाइँ सुरु भए पनि रासायनिक मलको अभावका कारण किसानलाई समस्या भएको छ । यहाँका किसानले मलबिना नै रोपाइँ गर्न बाध्य भएका छन् । समयमै कहिले पनि मल नपाउने गरेको भन्दै यहाँका किसान आक्रोशित भएका छन् । किसानले महिनौँदेखि खेतबारीमा प्रयोग गर्ने रासायनिक मल पाएका छैनन् । रोपाइँ गर्ने बेलामा समेत जिल्लामा युरिया मल […]

किसानका समस्या : न गुणस्तरीय बीउ, न वेलामा रासायनिक मल

दाङ  : धान दिवसका दिन लमही नगरपालिका १ का लिलाराम चौधरीले खेतमा आली लगाइरहेका थिए। सिमसिम पानी परिरहेको अवस्थामा भोलिपल्ट रोपाइँको तयारीका लागि खेतको गरामा आली लगाइरहेको थिए। तर, उनी धान दिवसबारे बेखबर थिए। ‘मैले अहिलेसम्म यो धान दिवस भनेर थाहा पाएको छैन। हामी जस्ता किसानलाई यस्ता कार्यक्रमको कुनै मतलब हुँदैन!, उनले भने, ‘हामीलाई सधैँ खेतीपाती  गर्ने समयमा उही चिन्ता हुन्छ, राम्रो बीउ, मल र पानी। भोलि मेरो रोपाइँ छ। अहिलेसम्म रासायनिक मल पाएको छैन।’ यस्

सल्यानमा रासायनिक मलको अभाव, किसान चिन्तित

सल्यान । सल्यानमा धमाधम रोपाइँ शुरु भइरहेका बेला रासायनिक मलको अभाव हुँदा किसान चिन्तित हुन थालेका छन् । धान र मकैमा मल हाल्ने बेला हुँदासमेत माग अनुसारको रासायनिक मल नपाउँदा समस्या भएको छत्रेश्वरी गाउपालिका–६ का किसान हेर्मलाल बोहराले बताए । अहिले चार पाँच जना किसानले एकबोरा मल बाँडेर लिनुपर्ने बाध्यता रहेको किसानले बताएका छन् । […]

महामारीका बीच धान रोपाइँ

काठमाडौं । कोरोना महामारीको भयावह अवस्थाका बीच विभिन्न जिल्लाका किसान यतिबेला धान रोपाइँमा व्यस्त छन् । मनसुन शुरू भएर पानी पर्न थालेसँगै किसानले महामारीको त्रासकै बीचमा पनि धान रोपाइँ शुरू गरेका हुन् । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार सातओटै प्रदेशका अधिकांश जिल्लाका किसान यति बेला धान रोपाइँमा व्यस्त छन् । काठमाडौं, धादिङ, मकवानपुर, कास्की, बाग्लुङ, झापा, पाँचथर, बारा, पर्सा, रौतहट, दाङ, प्युठान, नवलपरासी, बाँके, बर्दिया, कैलाली, कञ्चनपुरलगायत धेरैजसो जिल्लाका किसान अहिले धान रोपाइँमा व्यस्त भइरहेका छन् । यस वर्ष हालसम्म कति जमीनमा धान रोपाइँ भयो भन्ने तथ्यांक मन्त्रालयले प्राप्त गरिसकेको छैन । देशभरि नै पानी परिरहेकाले अधिकांश जिल्लामा २० प्रतिशतजति रोपाइँ सकिएको अनुमान छ । गतवर्षजस्तै कोरोना महामारी रोकथाम तथा नियन्त्रण गर्न सरकारले लगाएको निषेधाज्ञाका कारण यस वर्ष पनि अधिकांश उद्योगधन्दा, व्यापार, व्यवसाय बन्द भएकाले गाउँँका बाँँझा खेतबारीहरू समेत खनजोत गरेर त्यसमा धानखेती गर्ने क्रम बढेको मन्त्रालयले बताएको छ । त्यसैले गतवर्षको भन्दा यस वर्ष धानखेती हुने क्षेत्रफल पनि करीब २० प्रतिशतले बढ्ने अनुमान गरिएको मन्त्रालयका प्रवक्ता डा. श्रीराम घिमिरेले आर्थिक अभियान दैनिकलाई बताए । आर्थिक वर्ष २०७६/७७ मा कुल खेतीयोग्य जमीनमध्ये १४ लाख ५८ हजार ९ सय १५ हेक्टर जमीनमा वर्षेधान खेती गरिएको मन्त्रालयको तथ्यांक छ । कोरोना महामारीका कारण भएको बन्दाबन्दीपश्चात् आव २०७७/७८ मा धानखेतीको क्षेत्रफल करीब १५ हजार हेक्टरले बढेर १४ लाख ७३ हजार ९ सय १५ हेक्टर पुगेको थियो । नेपालमा करीब ३१ लाख हेक्टर जमीन कृषिका लागि योग्य रहेको मानिन्छ । त्यसमध्ये कति जमीन बाँझो छ भन्ने कुराको यकिन तथ्यांक सरकारसँग नभए पनि गाउँबाट शहरतर्पmको बसाइँसराइ, वैदेशिक रोजगारीमा युवाहरूको आकर्षण, सिँचाइको अभाव, उत्पादनमा ह्रासजस्ता कारणले जमीन बाँझो रहने गरेको बताइन्छ । ६० प्रतिशतभन्दा बढी धान रोपाइँ हुने जमीन वर्षे पानीमा निर्भर रहने भएकाले उत्पादनको मुख्य योगदान मनसुनी प्रवृत्तिलाई नै मान्ने गरिएको सरोकारवालाहरू बताउँछन् । रोपाइँका लागि मल अभाव नहुने दाबी गतवर्ष धान रोपाइँकै बेला रासायनिक मलको हाहाकार हुँदा धेरैजसो जिल्लाका कृषकले मलको अभाव भोग्नु परेको थियो । तर, यो वर्ष सरकारसँग रासायनिक मलको पर्याप्त मौज्दात रहेको र आयातमा पनि कुनै समस्या नभएकाले मलको अभाव नहुने दाबी सरकारको छ । कृषि सामग्री कम्पनी लिमिटेडका प्रवक्ता विष्णुप्रसाद पोखरेलका अनुसार मलको आयात सहज रूपमा भइरहेको छ भने मौज्दात पनि पर्याप्त मात्रामा रहेको छ । कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङसँग अहिले करीब ८० हजार मेट्रिकटन रासायनिक मल मौज्दात रहेको छ । निषेधाज्ञाका कारण विभिन्न जिल्लाहरूमा मलको वितरणमा समस्या देखिएकाले किसानले मल नपाएको गुनासो आएको भए पनि हाल उक्त समस्या समाधान भइसकेको पनि उनले बताए ।

रासायनिक मल नपाउँदा डोटीका किसान आक्रोशित

असार ३, डोटी । यहाँ रोपाइँ शुरु भए पनि रासायनिक मल अभावमा किसानलाई समस्या हुँदै आएको छ । समयमै कहिले पनि मल नपाउने गरेको भन्दै यहाँका किसान आक्रोशित बनेका छन् ।  किसानले महीनौंदेखि खेतबारीमा प्रयोग गर्ने रसायनिक मल पाउन सकेका छैनन् । रोपाइँ गर्ने बेलामा समेत जिल्लामा युरिया मल नपाएपछि किसान चिन्तित बनेका हुन् ।  कोरोना संक्रमण नियन्त्रण तथा रोकथामका लागि गरिएको निषेधाज्ञाका कारण मल ल्याउन नसक्दा समस्या भएको कृषि सामग्री कम्पनी दिपायल शाखाले जानकारी दिएको छ । प्रदेश कृषि निर्देशनालयका अनुसार जिल्लामा कम्तीमा पनि १० हजार ८९८ हेक्टर खेतमा धान रोपाइँ हुँदै आएको छ । रोपाइँ गर्ने बेलामा समेत युरिया मल नपाएपछि धानखेती खासै नसप्रिने भन्दै किसान चिन्तित बन्ने गरेको शिखर सिलगढी नगरपालिका–१ का चेतबहादुर बोगटीले बताए । यस वर्ष समयमै वर्षात् शुरु भई यहाँका विभिन्न ठाउँमा धान रोपाइँ शुरु भएको छ ।  मल अभावका कारण धानबाली खासै नसप्रिने भन्दै किसान चिन्तित बनेका सिलगढी नगरपालिका–४ गैराका किसान टीकाबहादुर विकले बताए । जिल्लामा मल आपूर्ति व्यवस्थापनको जिम्मा पाएको नेपाल कृषि सामग्री कम्पनी लिमिटेडले समयमै मल खरीद गरी नल्याउँदा अहिले मल अभावको समस्या उत्पन्न भएको यहाँका किसानको आरोप छ ।  रोपाइँ शुरु हुँदासमेत मल नपाएको र जेठ महीनामा रोपाइँ गरिएका खेतमा अहिलेसम्म मल हाल्न नपाएका कारण धानबाली खासै नसप्रिएको शिखर नगरपालिका–२ कालागाढका किसान रामबहादुर दमाईले बताए ।  नेपाल कृषि सामग्री कम्पनी लिमिटेड दिपायलले कैलालीमा रहेको क्षेत्रीय कृषि सामग्री कम्पनीमा समेत मल नभएका कारण आपूर्ति गर्न नसकिएको जानकारी दिए ।  कोरोना भाइरसका कारण सबैतिर रोजगार गुम्दै गएको अवस्थामा उब्जनी क्षेत्रलाई प्रमुख प्राथमिकता दिई मल आपूर्ति गर्नुपर्ने बेलामा झन् मल नपाउनु दुःखद् भएको दिपायल सिलगढी नगरपालिका–१ का देवेन्द्र खड्काले बताए । रासस

रासायनिक मल नपाउँदा किसान आक्रोशित

यहाँ रोपाइँ शुरु भए पनि रासायनिक मल अभावमा किसानलाई समस्या हुँदै आएको छ । समयमै कहिले पनि मल नपाउने गरेको भन्दै यहाँका किसान आक्रोशित बनेका छन् । किसानले महिनौँदेखि खेतबारीमा प्रयोग गर्ने रसायनिक मल पाउन सकेका छैनन् । रोपाइँ गर्ने बेलामा समेत जिल्लामा युरिया मल नपाएपछि किसान चिन्तित बनेका हुन् । कोरोना सङ्क्रमण नियन्त्रण तथा रोकथामका लागि गरिएको निषेधाज्ञाका कारण मल ल्याउन नसक्दा समस्या भएको कृषि सामग्री कम्पनी दिपायल शाखाले जनाएको छ । प्रदेश कृषि निर्देशनालयका अनुसार जिल्लामा कम्तीमा पनि १