रासायनिक मल नपाउँदा डोटीका किसान आक्रोशित

असार ३, डोटी । यहाँ रोपाइँ शुरु भए पनि रासायनिक मल अभावमा किसानलाई समस्या हुँदै आएको छ । समयमै कहिले पनि मल नपाउने गरेको भन्दै यहाँका किसान आक्रोशित बनेका छन् ।  किसानले महीनौंदेखि खेतबारीमा प्रयोग गर्ने रसायनिक मल पाउन सकेका छैनन् । रोपाइँ गर्ने बेलामा समेत जिल्लामा युरिया मल नपाएपछि किसान चिन्तित बनेका हुन् ।  कोरोना संक्रमण नियन्त्रण तथा रोकथामका लागि गरिएको निषेधाज्ञाका कारण मल ल्याउन नसक्दा समस्या भएको कृषि सामग्री कम्पनी दिपायल शाखाले जानकारी दिएको छ । प्रदेश कृषि निर्देशनालयका अनुसार जिल्लामा कम्तीमा पनि १० हजार ८९८ हेक्टर खेतमा धान रोपाइँ हुँदै आएको छ । रोपाइँ गर्ने बेलामा समेत युरिया मल नपाएपछि धानखेती खासै नसप्रिने भन्दै किसान चिन्तित बन्ने गरेको शिखर सिलगढी नगरपालिका–१ का चेतबहादुर बोगटीले बताए । यस वर्ष समयमै वर्षात् शुरु भई यहाँका विभिन्न ठाउँमा धान रोपाइँ शुरु भएको छ ।  मल अभावका कारण धानबाली खासै नसप्रिने भन्दै किसान चिन्तित बनेका सिलगढी नगरपालिका–४ गैराका किसान टीकाबहादुर विकले बताए । जिल्लामा मल आपूर्ति व्यवस्थापनको जिम्मा पाएको नेपाल कृषि सामग्री कम्पनी लिमिटेडले समयमै मल खरीद गरी नल्याउँदा अहिले मल अभावको समस्या उत्पन्न भएको यहाँका किसानको आरोप छ ।  रोपाइँ शुरु हुँदासमेत मल नपाएको र जेठ महीनामा रोपाइँ गरिएका खेतमा अहिलेसम्म मल हाल्न नपाएका कारण धानबाली खासै नसप्रिएको शिखर नगरपालिका–२ कालागाढका किसान रामबहादुर दमाईले बताए ।  नेपाल कृषि सामग्री कम्पनी लिमिटेड दिपायलले कैलालीमा रहेको क्षेत्रीय कृषि सामग्री कम्पनीमा समेत मल नभएका कारण आपूर्ति गर्न नसकिएको जानकारी दिए ।  कोरोना भाइरसका कारण सबैतिर रोजगार गुम्दै गएको अवस्थामा उब्जनी क्षेत्रलाई प्रमुख प्राथमिकता दिई मल आपूर्ति गर्नुपर्ने बेलामा झन् मल नपाउनु दुःखद् भएको दिपायल सिलगढी नगरपालिका–१ का देवेन्द्र खड्काले बताए । रासस  

सम्बन्धित सामग्री

सर्लाहीमा फेला पर्‍यो नक्कली रासायनिक मल उद्योग

सर्लाहीमा प्रहरीले नक्कली रासायनिक मल बनाउने उद्योग फेला पारेको छ। नक्कली रासायनिक मल बनाएर सर्वसाधारणलाई ठगी गरिरहेको गिरोहलाई सर्लाही प्रहरीले शुक्रबार नियन्त्रणमा लिएको हाे।...

सिन्धुलीमा रासायनिक मल कारखाना निर्माण हुने

सिन्धुली । बाग्मती प्रदेश सरकारले सिन्धुलीमा रासायनिक मल कारखाना निर्माण गर्ने भएको छ । १ खर्ब रुपैयाँ लाग्ने अनुुमान गरिएको रासायनिक मल कारखानाका लागि सिन्धुलीको हरिहरपुरगढी उपयुक्त स्थान हुने भएकाे हाे । थाईल्याण्डको मछाडा इन्टरनेशनलले मल कारखाना संचालन गर्ने गरी काम अघि बढाएकाे बाग्मती प्रदेश सरकारले जनाएकाे छ । पानी र बिजुली बाहेक अन्य कच्चा […]

पोखराका किसानले अझै पाएनन् रासायनिक मल

लेखनाथ : रोपाइँ सकेको एक महिनाभित्र धानमा युरिया मल छर्नुपर्छ तर दुई महिना बितिसक्दा पनि लेखनाथ तथा आसपासका किसानले रासायनिक मल प्राप्त गर्न सकेका छैनन्। सरकारी अनुदानको रासायनिक मल खरिदको जिम्मा पाएको कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङले कर्पोरेसनले बजार मागअनुसार रासायनिक मल ल्याउन नसक्दा किसानले मलको अभाव झेल्नुपरेको हो। धान रोपेको एक महिनामा पहिलो पटक र दुई महिनापछि दोस्रो पटक धानमा युरिया मल प्रयोग गरिन्छ तर यस वर्ष दोस्रो पटक छर्ने बेलामा मात्र मल आएको छ, त्यो पनि न्यून मात्रामा

बागलुङमा सहज हुँदै रासायनिक मल

गलकोट । बागलुङमा लामो समयदेखिको रासायनिक मल अभावको समस्या समाधान हुने भएको छ । साल्ट टेड्रिङ कर्पोरेसन बागलुङले सोमबारदेखी रासायनिक मल वितरण गर्न थालेपछि मल अभावमा समस्यामा परेका किसानलाई सहज हुने भएको छ । नेपाल सरकारले अनुदान स्वरुप उपलब्ध गराएको युरिया मल साल्ट टेड्रिङको गोदाममा आइसकेकाले तत्कालका लागि धान, कोदो तथा मकै बालिको लागि आवश्यक […]

किसानलाई रासायनिक मल पाउन सकस

काठमाडौँ । असार मानो रोपेर मुरी फलाउने समय हो। असार १५ गते रोपाइँ दिवस मनाइन्छ । उक्त दिवस आउन चार दिन बाँकी छँदा पनि अहिलेसम्म किसानले रासायनिक मल पाउन नसक्दा अहिले उनीहरुको चित्कार चुलिएको छ । समयमै रासायनिक मल उपलब्ध नभएपछि यस वर्ष धानको उत्पानमा गिरावट आउने देखिन्छ । अहिलेको जनसङ्ख्यालाई धान्न झन्डै ६३ लाख […]

देशभर रासायनिक मल अभाव, असारमा थप चर्किने

११ जेठ, काठमाडौं । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका-८ की गोमा चौलागाईं नजिकैको सिपाघाट बजारमा रासायनिक मल किन्न पुगिन् । बारीको एकसरो मकै गोड्नु अघि हाल्नका लागि तीन बोरा रासायनिक मल उनलाई चाहिएको छ । तर, बजारमा मल पाइएको छैन । रासायनिक मल नपाएको यो नै उनको पहिलोपटक होइन । एक दाना पनि मल दिन सकिने अवस्था […]

चीनबाट रासायनिक मल भित्रिँदै

काठमाडौं । चीनसँगको प्रमुख व्यापारिक नाका तातोपानीबाट रासायनिक मल नेपाल भित्रिएको छ । तातोपानी नाकाबाट बुधबार २ सय ३२ मेट्रिक टन युरिया मल भित्रिएको तातोपानी भन्सार कार्यालयले जनाएको छ । चीनबाट १० हजार मेट्रिक टन रासायनिक मल आयात गर्न शिल्क मार्केटले जिम्मेवारी पाएको थियो । बोलपत्र पाएपछि ६ महिनाअघि शिल्कले पहिलो पटक एक हजार ५ […]

यस वर्ष पनि रासायनिक मल अभाव हुने

काठमाडौँ – गत वर्षको असारमा खेत रोप्ने मुख्य समयमा रासायनिक मल नपाएका किसानले यस वर्ष पनि मल नपाउने भएका छन्। मल खरिद–बिक्रीको जिम्मा पाएको कृषि सामग्री कम्पनीले पर्याप्त मात्रामा रासायनिक मल खरिद गर्न नसकिएको भन्दै अभाव हुने जनाएको हो। आलु र गहुँका लागि आवश्यक पर्ने मल फागुनदेखि नै खरिदको तयारी गर्दासमेत अभाव हुने देखिएको कम्पनीका […]

कहिले आउला भारतबाट जीटुजीको रासायनिक मल ?

२७ जेठ, काठमाडौं । सरकारी स्तर (जीटुजी)मा रासायनिक मल खरिद गर्ने प्रक्रियाका थप अघि बढाउन नेपालले भारतसँग आग्रह गरेको छ । भारतबाट रासायनिक मल खरिद गर्न मन्त्रिपरिषद्को सैद्धान्तिक स्वीकृतिपछि भारतलाई पत्राचार गरिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । मल खरिद सम्झौताको मस्यौदा नेपालको तर्फबाट स्वीकृति गरेर परराष्ट्र मन्त्रालयमार्फत भारतलाई पत्राचार गरिएको कृषि मन्त्रालय […]

वीरगञ्ज भन्सार आइपुग्यो बङ्गलादेशको रासायनिक मल

बङ्गलादेशबाट खरीद गरिएको रासायनिक मल वीरगञ्ज भन्सार आइपुगेको छ । रासायनिक मल खरीदको जिम्मा पाएको सरकारी कृषि सामग्री कम्पनीका अनुसार पहिलो चरणमा दुई हजार ५०० टन मल भन्सार आइपुगेको हो ।          भन्सारमा आइपुगेको उक्त रासायनिक मल भन्सार पास गरी कम्पनीको भण्डारणमा लैजाने काम भैरहेको छ ।