महामारीका बीच धान रोपाइँ

काठमाडौं । कोरोना महामारीको भयावह अवस्थाका बीच विभिन्न जिल्लाका किसान यतिबेला धान रोपाइँमा व्यस्त छन् । मनसुन शुरू भएर पानी पर्न थालेसँगै किसानले महामारीको त्रासकै बीचमा पनि धान रोपाइँ शुरू गरेका हुन् । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार सातओटै प्रदेशका अधिकांश जिल्लाका किसान यति बेला धान रोपाइँमा व्यस्त छन् । काठमाडौं, धादिङ, मकवानपुर, कास्की, बाग्लुङ, झापा, पाँचथर, बारा, पर्सा, रौतहट, दाङ, प्युठान, नवलपरासी, बाँके, बर्दिया, कैलाली, कञ्चनपुरलगायत धेरैजसो जिल्लाका किसान अहिले धान रोपाइँमा व्यस्त भइरहेका छन् । यस वर्ष हालसम्म कति जमीनमा धान रोपाइँ भयो भन्ने तथ्यांक मन्त्रालयले प्राप्त गरिसकेको छैन । देशभरि नै पानी परिरहेकाले अधिकांश जिल्लामा २० प्रतिशतजति रोपाइँ सकिएको अनुमान छ । गतवर्षजस्तै कोरोना महामारी रोकथाम तथा नियन्त्रण गर्न सरकारले लगाएको निषेधाज्ञाका कारण यस वर्ष पनि अधिकांश उद्योगधन्दा, व्यापार, व्यवसाय बन्द भएकाले गाउँँका बाँँझा खेतबारीहरू समेत खनजोत गरेर त्यसमा धानखेती गर्ने क्रम बढेको मन्त्रालयले बताएको छ । त्यसैले गतवर्षको भन्दा यस वर्ष धानखेती हुने क्षेत्रफल पनि करीब २० प्रतिशतले बढ्ने अनुमान गरिएको मन्त्रालयका प्रवक्ता डा. श्रीराम घिमिरेले आर्थिक अभियान दैनिकलाई बताए । आर्थिक वर्ष २०७६/७७ मा कुल खेतीयोग्य जमीनमध्ये १४ लाख ५८ हजार ९ सय १५ हेक्टर जमीनमा वर्षेधान खेती गरिएको मन्त्रालयको तथ्यांक छ । कोरोना महामारीका कारण भएको बन्दाबन्दीपश्चात् आव २०७७/७८ मा धानखेतीको क्षेत्रफल करीब १५ हजार हेक्टरले बढेर १४ लाख ७३ हजार ९ सय १५ हेक्टर पुगेको थियो । नेपालमा करीब ३१ लाख हेक्टर जमीन कृषिका लागि योग्य रहेको मानिन्छ । त्यसमध्ये कति जमीन बाँझो छ भन्ने कुराको यकिन तथ्यांक सरकारसँग नभए पनि गाउँबाट शहरतर्पmको बसाइँसराइ, वैदेशिक रोजगारीमा युवाहरूको आकर्षण, सिँचाइको अभाव, उत्पादनमा ह्रासजस्ता कारणले जमीन बाँझो रहने गरेको बताइन्छ । ६० प्रतिशतभन्दा बढी धान रोपाइँ हुने जमीन वर्षे पानीमा निर्भर रहने भएकाले उत्पादनको मुख्य योगदान मनसुनी प्रवृत्तिलाई नै मान्ने गरिएको सरोकारवालाहरू बताउँछन् । रोपाइँका लागि मल अभाव नहुने दाबी गतवर्ष धान रोपाइँकै बेला रासायनिक मलको हाहाकार हुँदा धेरैजसो जिल्लाका कृषकले मलको अभाव भोग्नु परेको थियो । तर, यो वर्ष सरकारसँग रासायनिक मलको पर्याप्त मौज्दात रहेको र आयातमा पनि कुनै समस्या नभएकाले मलको अभाव नहुने दाबी सरकारको छ । कृषि सामग्री कम्पनी लिमिटेडका प्रवक्ता विष्णुप्रसाद पोखरेलका अनुसार मलको आयात सहज रूपमा भइरहेको छ भने मौज्दात पनि पर्याप्त मात्रामा रहेको छ । कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङसँग अहिले करीब ८० हजार मेट्रिकटन रासायनिक मल मौज्दात रहेको छ । निषेधाज्ञाका कारण विभिन्न जिल्लाहरूमा मलको वितरणमा समस्या देखिएकाले किसानले मल नपाएको गुनासो आएको भए पनि हाल उक्त समस्या समाधान भइसकेको पनि उनले बताए ।

सम्बन्धित सामग्री

ओखलढुंगामा सतप्रतिशत क्षेत्रमा धान रोपाइँ

ओखलढुंगा । ओखलढुंगामा यसवर्ष सतप्रतिशत क्षेत्रमा धान रोपाइँ भएको छ । यसवर्ष धान रोपाइँ हुने सबै क्षेत्रमा रोपाइँ भएको कृषि ज्ञान केन्द्र ओखलढुंगाका वागवानी विकास अधिकृत टीका बानियाँले जानकारी दिनुभयो । ढीला गरेरै भए पनि यसवर्ष सतप्रतिशत धान रोपाइँ भएको हो । जिल्लामा कुल खेतीयोग्य ५ हजार ९ सय ६६ हेक्टर क्षेत्रमा धान रोपाइँ हुँदै […]

सल्यानमा ९८ प्रतिशत धान रोपाइँ

सल्यान : सल्यानमा साउन पहिलो हप्तासम्म ९८ प्रतिशत धान रोपाइँ सकिएको छ। आकाशे पानीको भरमा लगाइने खेत र ढिलो बीउ राखेका केही खेतमा बाहेक अन्य खेतमा धान रोपाइँ सकिएको कृषि विकास कार्यालय सल्यानले जनाएको छ।कृषि विकास कार्यालय सल्यानले जिल्लामा कहीँ कतै छिटफुट बाहेक अधिकांश क्षेत्रमा धान रोपाइँ सकिएको जनाएको छ।कार्यालयका अनुसार गत वर्षको भन्दा यो वर्ष धान खेती भएको क्षेत्रफल घटेको छ। गत वर्ष जिल्लामा ७ हजार १२ हेक्टर क्षेत्रफलमा धान खेती गरिएको थियो। यसबाट करिब ३० हजार ५ सय मेट्रिक टन धान उत्पादन भएक

ओखलढुंगामा ९४ प्रतिशत धान रोपाइँ सम्पन्न

ओखलढुंगा । ओखलढुंगामा ९४ प्रतिशत धान रोपाइँ सम्पन्न भएकाे छ । बेंसी क्षेत्रका केही ठाउँमा मकै पाक्न ढिला भएकाले रोपाइँ अझै जारी रहेको कृषि ज्ञान केन्द्र ओखलढुंगाका निमित्त प्रमुख हेमबहादुर आलेमगरले जानकारी दिनुभएकाे हाे । ओखलढुंगामा यस वर्ष शतप्रतिशत धान रोपाइँ हुने भएको छ । कार्यालयको तथ्यांक अनुसार जिल्लामा साउन २२ गतेसम्म धान रोपाइँ हुने […]

बारामा ६५ प्रतिशत मात्रै धान रोपाइँ

बारा– मुरी फलाउन मानो रोप्ने महिना असार सकेर साउनको पहिलो सातासम्म बारामा ६५ प्रतिशत मात्रै धान रोपाइँ भएको छ । धान रोपाइँको सिजनको समयमा वर्षा नहुँदा र मल अभावका कारण जिल्लामा यस वर्ष अहिलेसम्म धान रोपाइँ हुने कुल क्षेत्रफलको ६५ प्रतिशत हाराहारीमा मात्र धान रोपाइँ भएको हो ।   जिल्ला कृषि ज्ञान केन्द्र बाराका अनुसार […]

नवलपुरमा ८५ प्रतिशत धान रोपाइँ सम्पन्न

नवलपुर । नवलपुरमा ८५ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । साउनको पहिलो सातासम्ममा जिल्लामा ८५ प्रतिशत धान रोपाइँ सम्पन्न भएको कृषि ज्ञान केन्द्र नवलपुरका सूचना अधिकारी शंकर पौडेलले जानकारी दिनुभएकाे हाे । जिल्लाको तल्लो क्षेत्र गैंडाकोट, देवचुली, कावासोती, मध्यविन्दु, हुप्सेकोट र विनयी त्रिवेणीमा भने करिब ९० प्रतिशत धान रोपाइँ सकिएको छ । पहाडी क्षेत्रमा […]

पानी नपरेपछि महोत्तरीमा धान रोपाइँ अलपत्र

मध्य असारयता छिटो पानी नपरेपछि मधेसको मध्यभेगको महोत्तरीमा धान रोपाइँ अलपत्र परेको छ।

मनसुन चाँडै सुरु भएकाले भक्तपुरमा धमाधम धान रोपाइँ सुरु

भक्तपुर । मनसुन चाँडै सुरु भएकाले भक्तपुरमा धमाधम धान रोपाइँ सुरु हुन थालेकाे छ। यस पटक असार नलाग्दै मनसुन सुरु भएका कारण भक्तपुरमा पनि चाँडै धान रोपाइँ सुरु भएको हो। तर किसानहरू यसरी धान रोपाइँमा लागि रहँदा उनीहरुका मुख्य समस्या भने सम्बन्धित निकायबाट सम्बोधन हुन भने सकेका छैनन्। भक्तपुरमा यस पटक चाँडै धान रोपाइँ सुरू […]

चैते धान रोपाइँ

नवलपरासी, ११ फागुन । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–११, भेँडाबारीमा चैते धान रोपाइँ गर्दै स्थानीय कृषक । चैते धानतर्फ कृषकलाई आकर्षित गर्दै उत्पादनमा वृद्धि गर्न कृषि ज्ञान केन्द्रले यस क्षेत्रमा धानको ब्लक कार्यक्रम लागू गरेको छ । तस्वीरः टेकराज पोखरेल÷ रासस

सप्तरीमा शतप्रतिशत धान रोपाइँ, ९०० बिघा डुबानमा

१९ साउन, राजविराज । यस वर्ष मनसुन छिट्टै सक्रिय भई निरन्तर वर्षा जारी भएपछि सप्तरीमा शतप्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । असारको पहिलो साताबाट धान रोपाइँ शुरु भएर अहिले जिल्लामा शतप्रतिशत रोपाइँ सम्पन्न भएको कृषि ज्ञान केन्द्र सप्तरीले जनाएको छ । विगतका वर्षमा समयमा वर्षा नहुँदा रोपाइँ ढिलो हुने गरेको भए पनि यस वर्ष […]

सप्तरीमा शतप्रतिशत धान रोपाइँ

रासस। यस वर्ष मनसुन छिटै सक्रिय भई निरन्तर वर्षा जारी भएपछि सप्तरीमा शतप्रतिशत धान रोपाइँ सम्पन्न भएको छ। असारको पहिलो साताबाट धान रोपाइँ शुरु भएर अहिले जिल्लामा शतप्रतिशत रोपाइँ सम्पन्न भएको कृषि ज्ञान केन्द्र सप्तरीले जनाएको छ। कृषि ज्ञान केन्द्रका अनुसार धानखेतीका लागि करिब ७० हजार ५०० हेक्टर जग्गा रहेको सप्तरीमा यस वर्ष ५९ हजार हेक्टरमा धान रोपाइँ भएको छ।