दाङ : धान दिवसका दिन लमही नगरपालिका १ का लिलाराम चौधरीले खेतमा आली लगाइरहेका थिए। सिमसिम पानी परिरहेको अवस्थामा भोलिपल्ट रोपाइँको तयारीका लागि खेतको गरामा आली लगाइरहेको थिए। तर, उनी धान दिवसबारे बेखबर थिए। ‘मैले अहिलेसम्म यो धान दिवस भनेर थाहा पाएको छैन। हामी जस्ता किसानलाई यस्ता कार्यक्रमको कुनै मतलब हुँदैन!, उनले भने, ‘हामीलाई सधैँ खेतीपाती गर्ने समयमा उही चिन्ता हुन्छ, राम्रो बीउ, मल र पानी। भोलि मेरो रोपाइँ छ। अहिलेसम्म रासायनिक मल पाएको छैन।’ यस्