सल्यानमा रासायनिक मलको अभाव, किसान चिन्तित

सल्यान । सल्यानमा धमाधम रोपाइँ शुरु भइरहेका बेला रासायनिक मलको अभाव हुँदा किसान चिन्तित हुन थालेका छन् । धान र मकैमा मल हाल्ने बेला हुँदासमेत माग अनुसारको रासायनिक मल नपाउँदा समस्या भएको छत्रेश्वरी गाउपालिका–६ का किसान हेर्मलाल बोहराले बताए । अहिले चार पाँच जना किसानले एकबोरा मल बाँडेर लिनुपर्ने बाध्यता रहेको किसानले बताएका छन् । […]

सम्बन्धित सामग्री

पर्वतमा रासायनिक मलको अभाव, किसान  चिन्तित

पर्वत- रासायनिक मल विनै धान रोपाइँ गरेका जिल्लाका किसान गोड्ने बेलासम्म मल नपाउँदा निराश बनेका छन् । रासायनिक मल हाल्न नपाउँदा धान पहेँलिन थालेको जनाउँदै उनीहरू चिन्तित बनेका हुन् । बिना मल रोपाइँ गरिएकोमा नियमित वर्षा पनि नहुँदा धान नै सुकेको थियो । अहिले धान गोड्ने बेला भएको छ । धान गोडेर मल छर्नुपर्ने बेलासम्म […]

हलो र धानको बीउसहित सरकारसँग मल खोज्दै किसान सडकमा (फोटो फिचर)

जेठ २०, काठमडौं । नेपाल क्रान्तिकारी किसान संघले सरकारलाई तुरुन्त रासायनिक मल उपलब्ध गराउन माग गर्दै प्रदर्शन गरेको छ ।  किसनहरुले हलो र धानको बीउसहित सरकारसँग मल खोज्दै जुलुस निकालेका हुन् । उनीहरुले रत्नपार्कमा जम्मा भएर बागबजार हुँदै पुतलीसडक, प्रदर्शनी मार्ग, शहिद गेट, न्यूरोड, इन्द्रचोक, बांगेमुडा, असन र भोटाहिटीमा जुलुस प्रदर्शन गरेका हुन् ।  देशभर रासायनिक मलको अभाव चुलिएको छ । यसवर्ष जेठमै वर्षा शुरु भएकाले कतिपय ठाउँमा रोपाइँ गर्न तयारी गरिए पनि रासायनिक मल नहुँदा किसान मर्कामा परेका छन् ।  केही सहकारीले बेलैमा ल्याएको मल विक्री शुुरु गरेकाले पाँच किलो मल लिन किसानलाई रातभर लाइनमा बस्नु परेको छ । पैसा तिरेर पनि मल नपाउँदा किसान सरकारसँग आक्रोशित हुँदै आएका छन् ।  कृषि सामग्री कम्पनीले समयमै मल ल्याउन नसक्दा यस वर्ष पनि किसानले मलको हाहाकार खेप्नुपरेको हो । असार लाग्न लागिसक्दा पनि मल नपाउँदा उत्पादनमा ह्रास हुने भन्दै किसान चिन्तित हुन थालेका छन् ।                                                         फोटो : सुनिल शर्मा /आर्थिक अभियान

धानको बेर्ना राख्ने बेलामा रासायनिक मलको अभाव

झापा-मानो खाएर मुरी उब्जाउने तयारी गरिरहेका झापाका किसान रासायनिक मल पाउन नसक्दा चिन्तित भएका छन् ।वर्षा सुरु भएसँगै धानको बिउ राख्ने बेलामा रासायनिक मल नपाउँदा किसान चिन्तित भएका हुन् । झापा बाह्दशी–७ की दिलकुमारी मिश्र भन्छिन्, “पानी लगातार परिरहेको छ, धानको बीउ राख्नुपर्ने मल छैन । मलबिना धानको बेर्ना राम्रो फस्टाउँदैन, त्यसले धान पनि राम्रो […]

मुलुकभरि रासायनिक मल अभाव

काठमाडौं, भदौ ३० । धानमा टप ड्रेसिङ गर्ने बेला मुलुकभर रासायनिक मलको अभाव भएको छ। घन्टौं लाम बसेर पनि किसानले मागअनुसार रासायनिक मल किन्न पाएका छैनन्। धान गोडमेल गर्दा युरिया मल राख्न नपाएपछि किसान चिन्तित छन्। समयमा मल राख्न नपाए अपेक्षित उत्पादन हुँदैन। राष्ट्रिय कृषक समूह महासंघका पूर्वअध्यक्ष उद्धव अधिकारीका अनुसार सरकारको फितलो तयारीले रासायनिक […]

मुलुकभरि रासायनिक मल अभाव

धानमा टप ड्रेसिङ गर्ने बेला मुलुकभर रासायनिक मलको अभाव भएको छ। घन्टौं लाम बसेर पनि किसानले मागअनुसार रासायनिक मल किन्न पाएका छैनन्। धान गोडमेल गर्दा युरिया मल राख्न नपाएपछि किसान चिन्तित छन्। समयमा मल राख्न नपाए अपेक्षित उत्पादन हुँदैन।राष्ट्रिय कृषक समूह महासंघका पूर्वअध्यक्ष उद्धव अधिकारीका अनुसार सरकारको फितलो तयारीले रासायनिक मल अभाव भएको हो। ‘धान गोड्ने बेला मुलुकभर रासायनिक मलको अभाव भएको छ,’ पूर्वअध्यक्ष अधिकारीले भने, ‘किसानले पैसा हालेर पनि मल किन्न पाएका छैनन्।’