चीनको राष्ट्रिय संसद्ले तीन सन्तान नीतिलाई शुक्रवार औपचारिक रूपमा ग्रहण गरेको छ ।
जनसंख्याको आधारमा संसारको सबभन्दा ठूलो देशमा जन्मदर स्वाट्टै घटेकाले त्यसलाई रोक्न देशले नीतिमा व्यापक परिवर्तन गरेको छ ।
संशोधन गरिएको जनसंख्या तथा परिवार नियोजन कानूनले चिनियाँ दम्पतीलाई तीन सन्तानसम्म जन्माउने अनुमति दिन्छ । त्यस नीतिलाई नेसनल पिपुल्स कंग्रेसको स्थानीय समितिले पारित गरेको हो ।
जीवनयापन खर्च बढ्दै गएकाले चिनियाँ दम्पतीहरू धेरै सन्तान जन्माउन चाहँदैनन् । त्यसैले उनीहरूको चिन्तालाई सम्बोधन गर्नका लागि स...