पार्किन्सस रोगलाई पहिला बुढ्यौलीको रोग मानिन्थ्यो। तर, हिजोआज उल्लेख्य संख्यामा युवामा पनि यो समस्या देखिएको छ। पार्किन्सस हुँदा विस्तारै मस्तिष्कमा क्षय हुँदै जान्छ। शरीर काम्ने, हिँडडुल गर्न गाह्रो हुने र अन्ततः विस्मृति हुने जस्ता समस्या देखिन्छन्। हाल उपलब्ध उपचार पद्धतिले लक्षण व्यवस्थापन गर्न मात्र सक्छ। मस्तिष्कका कोष मर्दै जाँदा रोगीको स्थिति झन् गम्भीर हुँदै जान्छ। […]