काठमाडौं : कोरोना संक्रमण फैलिएसँगै बन्द रहेको रसुवागढी–केरुङ नाका बिहीबारदेखि खुला हुने भएको छ। चीनको केरुङबाट सामान बोकेका १४ वटा कन्टेनर बिहीबार रसुवागढी नाका आइपुग्नेछन्। जिल्ला प्रशासन कार्यालय रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी दयाराम पौडेलका अनुसार चिनियाँ पक्षबाट व्यापारिक नाका खुला हुने सन्देश प्राप्त भएको छ।सन्देशमा कोरोना महामारीको संक्रमणका कारण बन्द गर्नु परेको र संक्रमण कम भएसँगै खुला गरिएको उल्लेख छ। सिन्धुपाल्चोकको तातोपानी नाका पनि एकतर्फी खुला भएको छ। चीनब