काठमाण्डाै - चीनसँगको रसुवागढी–केरुङ नाका आजदेखि खुलेको छ । हिजो चिनियाँ राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्सुले राष्ट्रपति विद्यादेवी भण्डारीसँगको शिष्टाचार भेटवार्ताका क्रममा तत्कालै नाका खुल्ने जानकारी गराउनुभएको थियो । चान्सुको जानकारीसँगै आजदेखि रसुवागढी नाका खुलेको हो ।
कोरोना महामारीलाई कारण देखाएर चीनले बेलाबेला नाका बन्द गर्दै आएको छ । जसका कारण चीनबाट आयात हुने सामग्री प्रभावित भएका थिए भने निर्यात ठप्प रहेको थियो । अब नाका खुल्ने सन्देश प्राप्त भएको रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी दयाराम पौ...