रसुवागढी–केरुङ नाका आजदेखि खुला

कोभिड–१९ सङ्क्रमण फैलिएसँगै बन्द रहेको रसुवागढी–केरुङ नाका बिहीबारदेखि खुला भएको छ। चीनको केरुङबाट सामान बोकेका १४ वटा कन्टेनर बिहीबार रसुवागढी नाका आइपुग्नेछन्। जिल्ला प्रशासन कार्यालय रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी दयाराम पौडेलले चिनियाँ पक्षबाट बिहीबारदेखि व्यापारिक नाका खुला हुने मोबाइल सन्देश प्राप्त भएको जानकारी दिनुभयो।

सम्बन्धित सामग्री

चीनसँगको रसुवागढी नाका खुला : आजदेखि सामान आयात हुने, निर्यातमा भने अन्योल

काठमाण्डाै - चीनसँगको रसुवागढी–केरुङ नाका आजदेखि खुलेको छ । हिजो चिनियाँ राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्सुले राष्ट्रपति विद्यादेवी भण्डारीसँगको शिष्टाचार भेटवार्ताका क्रममा तत्कालै नाका खुल्ने जानकारी गराउनुभएको थियो । चान्सुको जानकारीसँगै आजदेखि रसुवागढी नाका खुलेको हो । कोरोना महामारीलाई कारण देखाएर चीनले बेलाबेला नाका बन्द गर्दै आएको छ । जसका कारण चीनबाट आयात हुने सामग्री प्रभावित भएका थिए भने निर्यात ठप्प रहेको थियो । अब नाका खुल्ने सन्देश प्राप्त भएको रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी दयाराम पौ...