३३ महिनापछि दुईतर्फी खुल्यो रसुवागढी–केरुङ नाका, ६ ट्रक वस्तु नेपालबाट चीन गयो

कोरोना महामारीका कारण ३३महिनादेखि एकतर्फी मात्र खुलेको रसुवागढी–केरुङ नाका आजबाट दुईतर्फी खुलेको छ। कोरोनालाई देखाउँदै चीनले २०७६फागुनदेखि नाकाबाट एकतर्फी वस्तु नेपाल पठाउँदै आएको थियो। नेपालबाट चीन जाने वस्तुलाई प्रवेश दिइएको थिएन। सरकारले बारम्बार नाका दुईतर्फी खोल्न आग्रह गरेपछि आजबाट नाका दुईतर्फी खुला भएको हो। आज रसुवागढी–केरुङ नाकाबाट ६ट्रक वस्तु नेपालबाट चीन प्रवेश गरेको काठमाडौंस्थित चिनियाँ दूतावासले जनाएको छ।