पत्रकार महासङ्घको अध्यक्षमा विपुल पोखरेल निर्वाचित

नेपाल पत्रकार महासङ्घको बुधबार भएको २६ औं महाधिवेशनबाट विपुल पोखरेल नेतृत्वको प्यानलले जित हासिल गरेको छ । महासङ्घ निर्वाचन समितिका सदस्यकाअनुसार आज दिउँसो सकिएको मतगणनाअनुसार अध्यक्षमा पोखरेल नेतृत्वको समूहले बढी जित हासिल गरेको छ । निर्वाचन समितिले आज साँझ ५ बजे महासङ्घ केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गरी अन्तिम परिणाम सार्वजनिक गर्ने निर्णय गरेको छ ।

सम्बन्धित सामग्री

पत्रकार पाण्डेको रिहाइका लागि महासंघद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौं : युएईमा पक्राउ परेका पत्रकार उमाकान्त पाण्डेको रिहाइका लागि नेपाल पत्रकार महासंघले सरकारको ध्यानाकर्षण गराएको छ।महासंघका अध्यक्ष विपुल पोखरेल, महासचिव रोशन पुरीलगायतको टोलीले बिहीवार परराष्ट्रमन्त्री नारायण खड्कालाई भेटी पत्रकार पाण्डेको रिहाइका लागि पहल गर्न ध्यानकार्षण गराएको हो। वैदेशिक रोजगारीका सिलसिलामा युएई रहेर उज्यालो रेडियो नेर्टवर्कमा कार्यरत पत्रकार पाण्डेलाई नेपालमा रहँदा सामाजिक सञ्जालमा लेखिएको स्ट्याटसलाई लिएर युएई प्रहरीले पक्राउ गरेको हो। पाण्डेविरुद्ध त्यहाँको अदालतम

पत्रकार महासंघको बैठकमा भाँँडभैलो

मिडिया अवार्ड वितरणको विषयलाई लिएर पत्रकार महासंघको बैठकमा भाँडभैलो भएको छ । सो विषयलाई लिएर प्रेस सेन्टर सम्बद्ध १७ जना सदस्यहरूले केहीबेर बैठक नै बहिष्कार गरेका छन् । कपिलबस्तुको तिलौराकोटमा शुक्रबार बिहानबाट सुरु भएको बैठकमा उनीहरुले मिडिया अवार्ड वितरण कार्यक्रममा महासंघका अध्यक्ष विपुल पोखरेल आफू मात्रै सहभागी भएको, महासंघमा आर्थिक पारदर्शिता नभएको, श्रमजीवी पत्रकारहरुको मुद्दालाई बेवास्ता गरिएको लगायतका विषयलाई उठाएका थिए । तर बैठक बहिष्कार गरेर बाहिरिएका उनीहरुलाई महासंघ नेतृत्वले मा

प्रेसलाई अकुंश लगाउने कानून अस्वीकार्य : विपुल पोखरेल

४ असोज,बुटवल । नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले संघ र प्रदेश सरकारले प्रेस र अभिव्यक्ति स्वतन्त्रतालाई सकुंचन गरेर कानून निर्माण गरेको भन्दै आपत्ति जनाएका छन् । नेपाल पत्रकार महासंघको आयोजना तथा रूपन्देही शाखाको समन्वयमा सोमबारदेखि बुटवलमा शुरू भएको आधारभूत पत्रकारिता तालिमको उद्घाटन गर्दै अध्यक्ष पोखरेलले प्रेसलाई अकुंश लगाउने कुनै पनि कानून स्वीकार्य नहुने बताए […]

पत्रकार महासंघलाई चलचित्र निर्माता पौडेलको सहयोग

५ जेठ, काठमाडौं । चलचित्र निर्माता एमके पौडेलले कोरोना महामारीमा सञ्चारकर्मीहरुको स्वास्थ्य सुरक्षाका लागि भन्दै नेपाल पत्रकार महासंघको एसोसिएट प्रदेश समितिलाई एक लाख एक हजार रुपैयाँ सहयोग गरेका छन् । बुधबार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेल, महासचिव रोशन पुरी लगायतको उपस्थितिमा हाल अमेरिका रहेका पौडेलले पत्रकार राजन घिमिरेमार्फत प्रदेश समितिका अध्यक्ष बैकुण्ठराज पराजुलीलाई  सहयोग रकम […]

पत्रकार महासंघले बनायो अक्सिजनसहित १० बेडको आइसोलेसन कक्ष

नेपाल पत्रकार महासंघले कोरोना संक्रमित पत्रकारलाई लक्षित गर्दै आइसोलेसन वार्ड बनाएको छ । केन्द्रीय कार्यालय सञ्चारग्राम स्थित आवास गृहलाई अक्सिजन सहितको आइसोलेसन कक्ष स्थापना गरेको हो ।  कोरोना संक्रमित पत्रकारहरुलाई लक्षित गरेर बनाइएको अक्सिजन सहित दश बेडको आइसोलेसन कक्षको अध्यक्ष विपुल पोखरेल लगायतले अवलोकन गरेका छन् । महासंघले वैशाख १८ गते कोभिड संक्रमित पत्रकारलाई ध्यान दिँदै केन्द्रीय कार्यालय सञ्चार ग्रामस्थित आवास गृहलाई अक्सिजन सहितको आइसोलेसन कक्ष बनाउने निर्णय गरेको महासचिव रोसन पुरीले जानकारी गराएका छन्...

पत्रकार महासंघको अध्यक्षमा विपुल पोखरेल निर्वाचित, औपचारिक घोषणा हुन बाँकी

नेपाल पत्रकार महासंघको अध्यक्षमा विपुल पोखरेल निर्वाचित भएका छन् । बुधबार भएको निर्वाचनमार्फत पोखरेल अध्यक्षमा निर्वाचित भएका हुन्

पत्रकार महासंघको मतगणना जारी, विपुल पोख्रेल प्यानल अगाडि

बुधबार सम्पन्न नेपाल  पत्रकार  महासङ्घको निर्वाचनको मतगणना जारी रहेको छ ।  इतिहासमै  पहिलो  पटक  प्रत्यक्ष  निर्वाचन प्रणालीअन्तर्गत बुधबार तीनै तहको निर्वाचन  सम्पन्नपछि  मतगणना  सुरु  भएको  हो । मतगणनाको प्रारम्भिक नतिजा अनुसार विपुल पोखरेल प्यानलले अग्रता बनाएको छ । सङ्घ, प्रदेश र शाखा गरी तीन तहमा १३ हजार १८० मतदाता रहेकामा ९२ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान छ । महासंघको नेतृत्वका लागि विपुल पोख्रेलसहित निर्मला शर्मा र गजेन्द्र बुढाथोकी चुनावी प्रतिस्पर्धाम...

पत्रकार महासंघको नयाँ नेतृत्वका लागि मतदान हुँदै

केन्द्रीय अध्यक्षका लागि गजेन्द्र बुढाथोकी, निर्मला शर्मा र विपुल पोखरेल गरी तीन जना उम्मेदवार मैदानमा छन्। तीमध्ये शर्मा र पोखरेलले प्यानल बनाएर चुनाव लडेका छन् भने बुढाथोकी स्वतन्त्र उम्मेदवार हुन्।

पत्रकार महासंघको नेतृत्वका लागि शर्मा, पोखरेल र बुढाथोकीको उम्मेदवारी

काठमाडौं । नेपाल पत्रकार महासंघको केन्द्रीय नेतृत्व (अध्यक्ष) का लागि तीनजनाको उम्मेदवारी परेको छ । शनिबार भएको मनोनयन दर्ताका क्रममा निर्मला शर्मा, विपुल पोखरेल र गजेन्द्र बुढाथोकीले अध्यक्ष पदका लागि उम्मेवारी दिएका हुन् । २६ औं महाधिवेशनका लागि प्रेस चौतारी नेपालको नेतृत्वमा प्रगतिशील–व्यावसायिक–समावेशी–राष्ट्रवादी समूहका तर्फबाट निर्मला शर्मा, प्रेस यूनियन र प्रेस सङ्गठन नेपाललगायतका सङ्गठनका तर्फबाट... The post पत्रकार महासंघको नेतृत्वका लागि शर्मा, पोखरेल र बुढाथोकीको उम्मेदवारी appeared first on Purbeli News.