पत्रकार महासंघले बनायो अक्सिजनसहित १० बेडको आइसोलेसन कक्ष

नेपाल पत्रकार महासंघले कोरोना संक्रमित पत्रकारलाई लक्षित गर्दै आइसोलेसन वार्ड बनाएको छ । केन्द्रीय कार्यालय सञ्चारग्राम स्थित आवास गृहलाई अक्सिजन सहितको आइसोलेसन कक्ष स्थापना गरेको हो ।  कोरोना संक्रमित पत्रकारहरुलाई लक्षित गरेर बनाइएको अक्सिजन सहित दश बेडको आइसोलेसन कक्षको अध्यक्ष विपुल पोखरेल लगायतले अवलोकन गरेका छन् । महासंघले वैशाख १८ गते कोभिड संक्रमित पत्रकारलाई ध्यान दिँदै केन्द्रीय कार्यालय सञ्चार ग्रामस्थित आवास गृहलाई अक्सिजन सहितको आइसोलेसन कक्ष बनाउने निर्णय गरेको महासचिव रोसन पुरीले जानकारी गराएका छन्...

सम्बन्धित सामग्री

पत्रकार महासंघ डडेलधुरा शाखा कार्यालयमा तोडफोड

नेपाल पत्रकार महासंघ डडेलधुरा शाखाको कार्यालय भवनमा अज्ञात समुहले  तोडफोड गरेका छन् । सो  घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको जनाएको छ । महासंघका महासचिव रोशन पुरीले आइतबार जारी गरेको विज्ञप्तिमा ताला लगाइरहेको उक्त भवनको ताला तोडेर अज्ञात समूहले शाखाले निर्माण गरेको आइसोलेसन सेन्टरमा रहेको दराज तोडफोड गर्नुका साथै सभाकक्ष, स्टोरलगायतमा क्षति पु¥याउने काम गरेको उल्लेख गरिएको छ । ‘जुनसुकै उद्देश्यले भए पनि सार्वजनिक हितका लागि निर्माण भएको भवनमा यस किसि

पत्रकार महासंघ गुल्मीको भवनमा अक्सिजनसहितको आइसोलेसन

गुल्मी : नेपाल पत्रकार महासंघ गुल्मी शाखाले आफ्नो भवनमा अक्सिनसहितको पाँच शय्याको  आइसोलेसन निर्माण गरेको छ। कोरोना संक्रमणको दर बढ्दै गएकाले संक्रमित पत्रकारलाई मध्यनगर गर्दै अक्सिजनसहितको आइसोलेसन निर्माण गरिएको महासंघका अध्यक्ष टोपलाल अर्यालले बताए। आइसोलेसन शुभलक्ष्मी फर्माका सञ्चालक होम पल्लीले निर्माण गरिदिएक हुन्। महासंघको आइसोलेसनमा पत्रकारहरुलाई पहिलो प्राथमिकता दिइने शाखाले जनाएको छ। माहासंघले जिल्लामा अक्सिजन अभाव हुन नदिन सहयोग अभियान पनि सञ्चालन गरेको छ।

कोरोनाको उच्च जोखिममा पत्रकार, महासंघमा आइसोलेसन बेड

कोरोना भाइरस संक्रमणको दोस्रो लहर सुरु भएसंगै अग्रपंक्तिमा रहेर काम गर्ने पत्रकारहरु उच्च जोखिममा रहेका छन् । पत्रकारहरुमा संक्रमण बढ्दै गएपछि पत्रकारहरुको सुरक्षाका लागि नेपाल पत्रकार महासंघको गेस्ट हाउसमा अक्सिजनसहितको आइसोलेसन बेड तयार गरिएको छ भने उपत्यका प्रदेश कमिटीले उपत्यकाका पत्रकारहरुका लागि राहत कोष स्थापना गरेको छ । पछिल्लो विवरण अनुसार नेपालमा हालसम्म ६५० जना …

पत्रकार महासंघले बनायो १० बेडको आइसोलेसन

२३ वैशाख, काठमाडौं । नेपाल पत्रकार महासंघले कोरोना संक्रमित पत्रकारको उपचारका लागि १० बेड क्षमताको आइसोलेन कक्ष तयार गरेको छ । कोरोना संक्रमित भई अस्पतालमा उपचार पाउन नसकेका पत्रकारका लागि महासंघले केन्द्रीय कार्यालयसँगै रहेको पत्रकार आवास गृहलाई आइसोलेसन कक्ष बनाएको हो । महासंघका महासचिव रोसन पुरीका अनुसार सबै १० बेडमा अक्सिजनको व्यवस्थासमेत हुनेछ । बिहीबारसम्म […]

पर्वतमा पत्रकारको लागि आइसोलेसन वार्ड

पर्वत : पर्वतमा पत्रकारहरूलाई कोरोना सङ्क्रमण भए उपचारका लागि पत्रकार महासंघ पर्वतको अगुवाइमा अक्सिजन सहितको आइसोलेसन वार्ड निर्माण गरिएको छ।महासङ्घ पर्वतका अध्यक्ष सन्तोष थापाका अनुसार जिल्लामा कोरोना सङ्क्रमणको दर उच्च रहेको तथा पर्वत अस्पतालमा उपलब्ध रहेका बेडमासमेत बिरामी भरिएमा पत्रकारले उपचार नै नपाउने अवस्था आउन नदिन आइसोलेसन वार्ड निर्माण गरिएको हो।उक्त आइसोलेसन महासङ्घको भवनमा रहेको एउटा कोठामा सुरुमा पाँच बेड क्षमतामा निर्माण गरिएको छ। सकेसम्म घरमै बसेर समाचार सङ्कलन गरिरहे पनि कत

बाग्लुङका पत्रकारले बनाए आफ्नै भवनमा १० बेडको आइसोलेसन

कोरोना महामारीलाई ध्यानमा राख्दै पत्रकार महासंघ बागलुङमा आइसोलेसन तयार गरिएको छ । नेपाल पत्रकार महासंघ बागलुङ शाखाको भवनमा १० बेडको आइसोलेसन तयार गरिएको हो ।  पछिल्ला दिनहरुमा बागलुङमा कोरोना संक्रमणको दर...

बागलुङका पत्रकारको आफ्नै आइसोलेसन

कोरोना सक्रमणको दर बढ्दै जान थालेपछि नेपाल पत्रकार महासंघ बागलुङ शाखाले आफ्नै आइसोलेसन कक्ष निर्माण गरेको छ । फ्रन्टलाइनमा खटिने पत्रकारहरूमा कोरोनाको उच्च जोखिम महसुस गरेर महासंघले १० बेडको आइसोलेसन कक्ष निर्माण गरेको हो । ।आफ्नै भवनको सभाहलमा तत्कालका लागि १० बेडको आइसोलेसन कक्ष निर्माण गरिएको महासंघका शाखा अध्यक्ष नरेश कँडेलले बताए । फ्रन्टलाइनमा खटिने […]

पत्रकारका लागि आइसोलेसन वार्ड

नेपाल समाचारपत्र, बागलुङ । कोरोना संक्रमणको दर बढेसँगै नेपाल पत्रकार महासंघ बागलुङ शाखाले पत्रकारका लागि आइसोलेसन कक्षको निर्माण गरेको छ । बागलुङमा दिन प्रतिदिन कोरोना संक्रमितको संख्या बढ्दै जाँदा फ्रन्ट लाइनमा खटिने पत्रकार पनि संक्रमित हुन सक्ने भन्दै महासंघले १० वेडको आइसोलेसन कक्षको निर्माण गरेको हो । महासंघले आफ्नै भवनको सभाहललाई तत्कालका लागि आइसोलेसन कक्षका […]

पत्रकार महासंघ कपिलवस्तु शाखाको भवनमा अक्सिजनसहितको आइसोलेसन बेड

कोरोना संक्रमितका संख्या दिनानुदिन बढी रहेको बेला नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखाको भवनमा संचारकर्मीलाई केन्द्रित गरी अक्सिन सिलिन्डरसहितको ५ वटा आइसोलेसन बेड संचालन गरिएको छ।...

पत्रकारको आफ्नै आइसोलेसन कक्ष निर्माण

बागलुङ । नेपालमा दोस्रो लहरको कोरोना सङ्क्रमणको दर बढ्दै गएको सन्र्दभमा अग्रपङ्क्तिमा खटिने पत्रकारका लागि नेपाल पत्रकार महासङ्घ बागलुङ शाखाले आफ्नै आइसोलेसन कक्ष निर्माण गरेको छ । शाखाको आफ्नै भवनको सभाहलमा तत्कालका लागि १० शय्याको आइसोलेसन कक्ष निर्माण गरिएको महासङ्घका शाखा अध्यक्ष नरेश कँडेलले बताए । उनले पत्रकारहरुलाई कोरोनाको बढी जोखिम रहेको र धेरै पत्रकार […]