पत्रकार महासंघको मतगणना जारी, विपुल पोख्रेल प्यानल अगाडि

बुधबार सम्पन्न नेपाल  पत्रकार  महासङ्घको निर्वाचनको मतगणना जारी रहेको छ ।  इतिहासमै  पहिलो  पटक  प्रत्यक्ष  निर्वाचन प्रणालीअन्तर्गत बुधबार तीनै तहको निर्वाचन  सम्पन्नपछि  मतगणना  सुरु  भएको  हो । मतगणनाको प्रारम्भिक नतिजा अनुसार विपुल पोखरेल प्यानलले अग्रता बनाएको छ । सङ्घ, प्रदेश र शाखा गरी तीन तहमा १३ हजार १८० मतदाता रहेकामा ९२ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान छ । महासंघको नेतृत्वका लागि विपुल पोख्रेलसहित निर्मला शर्मा र गजेन्द्र बुढाथोकी चुनावी प्रतिस्पर्धाम...

सम्बन्धित सामग्री

देशभरको नतिजा आउने क्रम जारी, विपुल पोख्रेल प्यानललाई आग्रता

नेपाल पत्रकार महासंघको नयाँ नेतृत्वका लागि बुधबार भएको निर्वाचनको मतगणना जारी छ । हालसम्म ६० बढी जिल्लाको मतगणना सकिँदा अध्यक्षका प्रत्यासी विपुल पोख्रेल नेतृत्वको प्यानलको अग्रता रहेको निर्वाचन समितिले जनाएको छ । महासंघको नेतृत्वका लागि पोख्रेल र  निर्मला शर्मा प्यानलसहित प्रतिस्पर्धामा छन् भने गजेन्द्र बुढाथोकीको पनि नेतृत्वमा उम्मेदवारी रहेको छ । बुधबार ७७ जिल्ला, ४२ प्रतिष्ठान र १२ वटा एसोसिएटको चुनाव भएको हो ।