४ ओटा कम्पनीको शेयरमा सकारात्मक सर्किट, बीमा कम्पनीको शेयरमा झुम्मिए लगानीकर्ता

पुस ११, काठमाडौं । साताको पहिलो कारोबार दिन आइतवार बजार खुलेको करीब डेढ घण्टाको अवधिमा चार ओटा कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । करोबारमा आएका २१७ ओटा धितोपत्रमध्ये चार ओटा धितोपत्रको मूल्यमा सकारात्मक सर्किट लागेको छ । नेशनल लाइफ इन्स्योरेन्स,युनाइटेड इन्स्योरेन्स,नेपाल लाइफ इन्स्योरेन्स र प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको शेयरमूल्यमा सर्किट लागेको हो । ती चार ओटै कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा यो दिन १० प्रतिशतका दरले वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो ।  नेशनल लाइफ इन्स्योरेन्सको शेयरमूल्य प्रतिकित्ता रू. ९५१ दशमलव ५०,युनाइटे्ड इन्स्योरेन्सको रू. ६८२, नेपाल लाइफ इन्स्योरेन्सको रू.१ हजार ५३३ दशमलव ४० र प्राइम लाइफ इन्स्योरेन्सको शेय मूल्य रू. ७ ०० पुगेको हो ।  यो दिन बजार बढेसँगै लगानीकर्ताको आकर्षण बीमा कम्पनीहरुको शेयरमा परेको छ ।  

सम्बन्धित सामग्री

१९९० को बलियो टेवा विन्दुबाट ओर्लियो बजार, कुल पूँजीकरण २९ खर्बभन्दा बढी कायम

काठमाडौं । नेप्से परिसूचक लगातार  तीन दिन घटेको छ । तीन कारोबार दिनमा परिसूचक १ दशमलव ८८ प्रतिशत घटेको छ । केही समय देखि पर्ख र हेरको अवस्थामा लगानीकर्ता थिए । तर, आइतवार भने विक्रेता हाबी भएसँगै बजार तल झरको हो ।  लामो समयदेखि १९९० विन्दुभन्दा तल नझरेको नेप्से  आइतवार भने उक्त सर्पोट विन्दुभन्दा तल झरेको हो ।   पछिल्लो समय धितोपत्रको दोस्रो बजार घटिरहेको समयमा  सेबोनले धमाधम आइपीओ र हकप्रद शेयर जारी गर्न अनुमति दिइरहेको छ । यसले बजारमा आपूर्ति बढाउँदा बजार प्रभावित भएको लगानीकर्ताको भनाइ छ ।  बजार निरन्तर  घटिरहँदा लगानीकर्ताको मनोबल कमजोर देखिएको छ । यसोत वित्तीय प्रणालीमा पर्याप्त लगानी योग्य रकम भए पनि कर्जाको माग नहुनु लाई कारण मानिएको छ भने महँगो ब्याजदरले गर्दा बजार प्रभावित भएको देखिन्छ ।  साताको पहिलो कारोबार दिन नेप्से परिसूचक १ दशलमव ४९ प्रतिशत घटेर १ हजार ९६० दशमलव ७८ विन्दुमा झरेको छ । २७६ धितोपत्रको ४० लाख ५३ हजार ३६८ कित्ता शेयर ३७ हजार ४१ पटकमा रू. १ अर्ब १८ करोड बराबरको शेयर कारोबार भएको हो ।  सेन्सेटिभ इन्डेक्स १ दशलमव ३३ प्रतिशत,फ्लोट इन्डेक्स १ दशमलव ४३ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स १ दशमलव ३३ प्रतिशत घटेको छ ।  कारोबारमा आएका धितोपत्रमध्ये थ्रि स्टार हाइड्रोपावरको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशत बढेसँगै सकारात्मक सर्किट लागेको हो । शेयर मूल्य प्रतिकित्ता रू. २५४ दशमलव १० पुगेको हो । त्यस्तै दोस्रोमा सिक्लेस हाइड्रोपावरको शेयर मूल्य ५ दशलमव ५६ प्रतिशत बढेर रू. २५४ दशमलव ९० पुगेको छ ।  आइतवार सबैभन्दा बढी लिवर्टी इनर्जी कम्पनी र सिटी होटलका शेयरधनीले गुमाएका छन् । यी दुबै कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशतका दरले घटेसँगै धेरै गुमाएका हुन । सिटी होटलको शेयर मूल्य रू. ६८० दशमलव ४० र लिवर्टी इनर्जीको रू.२०२ दशमलव ५० मा झरेको छ । सर्वाधिक शेयर खरीदविक्रीको हिस्सा सोल्टी होटलले ओगटेको छ । यस कम्पनीको रू.३ करोड ८८ लाख बराबर भएको छ। कम्पनीको शेयर मूल्य रू. ४३८ कायम भएको छ । त्यस्तै सर्वाधिक शेयर खरीदविक्री हुने दोस्रोमा आइएमई लाइफ इन्स्योरेन्सको रू. ३ करोड ७६ लाख बराबरको भएको हो ।  कारोबारमा आएका १३ओटै समूहगत परिसूचक घटेका छन् । सबैभन्दा बढी होटल तथा पर्यटन समूहको परिसूचक ३ दशलमव ०३ प्रतिशत घटेको छ । त्यस्तै हाइड्रोपावर समूहको २ दशमलव ३३ प्रतिशत , निर्जीवन र जीबन बीमा समूहको परिसूचक २ प्रतिशतका दरले घटेको हो । बजार कुल पूँजीकरण रू.२९ खर्ब ३५ अर्ब भन्दा बढी कायम भएको छ ।

बजेटपछि लगानीकर्ता निराश, २.७४ प्रतिशत घट्यो नेप्से

काठमाडौं । बजेटपछिको पहिलो कारोबार दिन मंगलवार नेप्से परिसूचक २ दशमलव ७४ प्रतिशत अर्थात् ५३ दशमलव १६ अंक घटेर १ हजार ८८८ दशमलव ६१ विन्दुमा झरेको छ । सोमवार सार्वजनिक भएको बजेटले पूँजी बजारका माग समेट्न नसकेपछि लगानीकर्ताहरू निराश हुँदा नेप्से उच्च अंकले घटेको देखिन्छ । धेरै वर्षदेखि धितोपत्रको दोस्रो बजारमा एनआरएनलाई भित्र्याउने कुरा उठ्दै आएको थियो । त्यसलाई नै चालू आर्थिक वर्षको बजेटमा निरन्तरता दिइएको छ । चालू आवको बजेटमार्फत लगानीकर्ताले शेयर धितो कर्जामा कायम रहेको १२ करोड रूपैयाँको सीमा खारेज गर्नुपर्ने र १५० प्रतिशत पुर्‍याएको जोखिम भारित औसतलाई पुनः १०० प्रतिशत नै कायम गर्नुपर्ने तथा अल्पकालीन लगानीकर्तालाई ५ प्रतिशत र दीर्घकालीन लगानीकर्तालाई ३ प्रतिशत मात्र पुँजीगत लाभकरको व्यवस्था गर्नुपर्ने जस्ता माग गरेका थिए । यी विषयमा कुनै सम्बोधन भएन ।  यस कारण मंगलवार उच्च अंक घटेको देखिन्छ ।  यसो त पछिल्लो समय वित्तीय प्रणालीमा तरलता सहज हुँदै गएको छ । यसकारण पनि बिस्तारै ब्याजदर घट्ने देखिन्छ । यसले शेयर बजार सकारात्मक प्रभाव पर्ने जानकारहरू बताउँछन् ।  यस दिन २७५ धितोपत्रको ७० लाख ७४ हजार २५५ कित्ता ४० हजार ६३४ पटकमा रू. २ अर्ब ३४ करोड बराबर कारोबार भएको छ । कारोबारमा आएका धितोपत्रमध्ये आत्मनिर्भर लघुवित्तको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. १ हजार ८१८ दशमलव ६० पुगेको हो । त्यस्तै दोस्रोमा बिपिडब्लु लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य ९ दशमलव ९८ प्रतिशत बढेर रू. ३७२ दशमलव ४० पुगेको छ ।  मंगलवार सबैभन्दा बढी श्वेत-गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्शनका शेयरधनीले सर्वाधिक गुमाएका छन् । कम्पनीको शेयर मूल्य सबैभन्दा बढी ९ दशमलव २६ प्रतिशत घटेर रू. २९३ दशमलव १० मा झरेको छ । त्यस्तै दोस्रोमा सिटिजन्स म्युचुअल फण्ड १ को इकाई मूल्य ९ दशमलव १० प्रतिशत घटेर रू. ७ दशमलव शून्य ९ कायम भएको छ ।  मंगलवार सर्वाधिक शेयर खरीदविक्रीको हिस्सा शिवम् सिमेन्ट्सले ओगटेको छ । कम्पनीको रू. २१ करोड २४ लाख बराबर कारोबार भएको हो । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ४६२ कायम भएको छ । त्यस्तै सर्वाधिक शेयर खरीदविक्री हुने दोस्रोमा ग्लोबल आइएमई बैंकको संस्थापक शेयर रू. १० करोड ११ लाख बराबर भएको हो ।  यस दिन कारोबारमा आएका समूहगत परिसूचक सबै घटेको छन् । सबैभन्दा बढी जीवन बीमा समूहको परिसूचक ३ दशमलव ५० प्रतिशत घटेको छ । मंगलवार सेन्सेटिभ इन्डेक्स २ दशमलव ३६, फ्लोट इन्डेक्स २ दशलमव ७४ र सेन्सेटिभ फ्लोट इन्डेक्स २ दशमलव २९ प्रतिशत घटेका छन् ।

निरन्तर तीन कारोबार दिन बढ्यो नेप्से परिसूचक, कुल बजार पूँजीकरण करीब ३२ खर्ब

जेठ १२, काठमाडौं । साताको चौथो कारोबार दिन बिहीवार पनि नेप्से परिसूचक बढेर बन्द भएको छ ।  यो दिन परिसूचक ८ दशमलव शून्य ३ अंक बढेर २ हजार २३९ दशमलव ६० विन्दुमा पुगेको हो । यो दिन कारोबारमा आएका २२२ ओटा धितोपत्रको २३ लाख २४ हजार ६६५ कित्ता शेयर १८ हजार ८०८ पटकमा रू. ८८ करोड ९८ लाख ३४ हजार ९०८ दशमलव ६० मा खरीदविक्री भएको छ । परिसूचक बढेपनि कारोबार रकम भने बढेको छैन । बजार आज तेस्रो दिनसम्म लगातार वृद्धि भएको हो । कुल बजार पूँजीकरण रू. ३१ खर्ब ८७ अर्ब रहेको छ । लगानीकर्ता आगामी आवको बजेटको प्रतिक्षामा रहेको देखिएको छ । विशेष गरी शेयरधितो कर्जामा ४-१२ करोडको सीमा लागू र बैंकलाई अल्पकालिन रुपमा शेयर कारोबारमा बन्देज लगाएसँगै बजार प्रभावित भएको थियो । अब यी नीतिगत विषयलाई आगामी बजेटमार्फत संसोधन गरेमा शेयर बजार फेरी उकालो यात्रा गर्ने शेयर विश्लेषक बताउँछन् । कारोबारमा आएका २२२ ओटा धितोपत्रमध्ये मेगा बैंकको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशत वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. २४७ दशमलव ५० पुगेको हो । कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्य बढेको हो । शेयर मूल्यमा बढ्ने दोस्रो कम्पनीमा नारायणी डेभलपमेण्ट बैंकको शेयरमूल्य ६ दशमलव २० प्रतिशत बढेर रू. ३७७ पुगेको छ ।  बिहीवार सबैभन्दा बढी गुराँस लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ५ दशमलव ४७ प्रतिशत घटेको छ । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. १ हजार १०५ झरेको हो । त्यसैगरी दोस्रोमा सिंगटी हाइड्रो इनर्जीको शेयरमूल्य ३ दशमलव ७६ प्रतिशत घटेर रू. ३२५ दशमलव ३० मा झरेको हो ।  मेगा बैंकको शेयर मूल्यमा सर्किट लागेसँगै कम्पनीको सर्वाधिक रू. ५ करोड ४२ लाख बराबरको शेयर खरीदविक्री भएको छ । त्यसैगरी सर्वाधिक शेयर खरीदविक्री हुने दोस्रोमा अरुण काबेली पावरको रू. ४ करोड ४ लाख बराबरको शेयर खरीदविक्री भएको हो । कारोबारमा आएका १३ ओटा समूहगत परिसूचकमध्ये विकास बैंक समूहको परिसूचक शून्य दशलमव १९ प्रतिशत, वित्त समूहको शून्य दशमलव २२ प्रतिशत, होटल एण्ड टुरिजम समूहको शून्य दशमलव ७४ प्रतिशत, हाइड्रोपावर समूहको शून्य दशलमव १७ प्रतिशत र अन्य समूहको परिसूचक शून्य दशमलव ८६ प्रतिशतका दरले घटेको छ भने बाँकी समूहको परिसूचक बढेको हो । समूहगत परिसूचक बढ्नेमा बैंकिङ समूहको परिसूचक शून्य दशलमव ९८ प्रतिशत, लगानी समूहको शून्य दशमलव १८ प्रतिशत, जीवन बीमा समूहको शून्य दशमलव ८३ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहको शून्य दशमलव ५१ प्रतिशत, लघुवित्त समूहको शून्य दशमलव शून्य ९ प्रतिशत, म्युचुअल फण्ड समूहको शून्य दशलमव ८५ प्रतिशत, निर्जीवन बीमा समुहको शून्य दशमलव शून्य ८ प्रतिशत र व्यापार समूहको परिसूचक शून्य दशमलव ३९ प्रतिशतका दरले वृद्धि भएको हो ।

पर्ख र हेरको अवस्थामा लगानीकर्ता : ५ अंक बढेर नेप्से परिसूचक २३७६.१७ विन्दुमा

वैशाख १४, काठमाडौं । साताको चौथो कारोबार दिन बुधवार नेप्से परिसूचक ५ दशमलव १७ अंक बढेको छ ।  परिसूचक २ हजार ३७६ दशमलव १७ विन्दुमा कायम भएको छ । यस अवधिमा कारोबारमा आएका २२८ धितोपत्रको २८ लाख ८५ हजार ३९ कित्ता शेयरको २३ हजार ५३४ पटकमा रू. १ अर्ब ८ करोड ९९ लाख ९२ हजार ३५ बराबरको शेयर खरीदविक्री भएको छ । बजार घटेर तल्लो विन्दुमा आएको छ । अधिकांश कम्पनीहरुको शेयरमूल्य तल्लो विन्दुमा आएको छ । सोही कारण अब बिस्तारै खरीदकर्ता आउने देखिन्छ ।  यद्धपि बजारमा तरलता अभाव कायमै छ, सधै बजार घटिरहने पनि होइन, बजार घट्दा होस् या बढ्दा होस् लगानीकर्ताले विवेक पूर्ण रुपमा धेरै अध्ययन गरेर लगानी गरेकोमा प्रतिफल प्राप्त हुने देखिन्छ ।  चुनावी माहोल पनि शुरु हुँदैछ यसले गर्दा बजारमा सकारात्मक प्रभाव पर्ने शेयर विश्लेषक बताउँछन् । पछिल्लो समय लगानीकर्ता पर्ख र हेरको अवस्थामा रहेका छन् । बजार बढ्छ नै भनेर बढी मूल्य शेयर खरीद गर्न पनि राजी छैनन् भने सस्तो मूल्यमा शेयर बेच्न पनि सकेको छैनन् ।  कारोबारमा आएका २२८ धितोपत्रमध्ये जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशत वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो । त्यसैगरी दोस्रोमा नेपाल फाइनान्सको शेयरमूल्य ६ दशमलव ८२ प्रतिशत बढेर रू. ५०१ पुगेको छ । त्यसैगरी बुधवार सानिमा इक्वीटी फण्डको इकाई मूल्य ३ दशमलव ८८ प्रतिशत घटेर रू. १२ दशमलव ८७ कायम भएको छ । त्यसैगरी दोस्रोमा सानिमा लार्ज क्याप फण्डको इकाई मूल्य ३ दशमलव ३७ प्रतिशत घटेर रू. ८ दशमलव ५९ कायम भएको छ ।  बुधवार सर्वाधिक शेयर खरीदविक्री अरुण भ्याली हाइड्रोपावर कम्पनीको भएको हो । कम्पनीको रू. ५ करोड २१ लाख बराबरको शेयर खरीदविक्री भएको छ । शेयर मूल्य प्रतिकित्ता रू. ४२२ कायम भएको हो । त्यसैगरी सर्वाधिक शेयर खरीदविक्री हुने दोस्रोमा हिमालयन डिष्टीलरी लिमिटेडको रू. ३ करोड ८० लाख बराबरको शेयर खरीदविक्री भएको छ । कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये बैंकिङ समूहको परिसूचक शून्य दशलमव १८ प्रतिशत, व्यापार समूहको शून्य दशलमव २५ प्रतिशत, लघुवित्त समूहको शून्य दशमलव शून्य ७ प्रतिशत र म्युचुअल फण्ड समूहको परिसूचक शून्य दशमलव ६५ प्रतिशतका दरले घटेको छ भने बाँकी सबै समूहगत परिसूचक बढेसँगै नेप्से परिसूचक बढेको हो ।  समूहगत परिसूचक बढ्नेमा होटल एण्ड टुरिजम समूहको १ दशमलव १९ प्रतिशत, विकास बैंक समूहको १ दशमलव २ प्रतिशत, हाइड्रोपावर समूहको दशमलव ५२ प्रतिशत, वित्त समूहको शून्य दशमलव २ प्रतिशत, निर्जीवन बीमा समूहको शून्य दशमलव २९ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहको शून्य दशमलव ४ प्रतिशत, अन्य समूहको शून्य दशमलव ६२ प्रतिशत र लगानी समूहको समूहगत परिसूचक शून्य दशमलव ३८ प्रतिशतका दरले बढेको हो ।

३.३३ अंक बढेर २७७९.९८ विन्दुमा नेप्से, २ ओटा कम्पनीको शेयरमूल्यमा सर्किट

माघ १३, काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीवार नेप्से परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा ३ दशमलव ३३ अंकले बढेको छ ।  यो दिन नेप्से परिसूचक २ हजार ७७९ दशमलव ९८ विन्दु्मा पुगेको हो । यो दिन कारोवारमा आएका २२४ ओटा धितोपत्रको ६६ लाख ७५ हजार २३१ कित्ता शेयर ५० हजार ९६५ पटकमा रू.३ अर्ब ३४ करोड ३४ लाख१३ हजार ६८४ दशमलव शून्य ३मा  खरीदविक्री भएको छ ।  यो दिन कारोबारमा आएका २२४ ओटा धितोपत्रमध्ये दुई ओटा धितोपत्रको मूल्यमा सकारात्मक सर्किट लागेको छ । यो दिन विन नेपाल लघुवित्त वित्तीय संस्था र बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा  १० प्रतिशतका दरले वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो । विन नेपाल लघुवित्तको शेयरमूल्य प्रतिकित्ता रू.१ हजार ३३८ दशमलव २० र बुद्धभुमि नेपालको रू.५०९ दशमलव ५० पुगेको हो । त्यसैगरी यो दिन शेयरमूल्य घट्नेमा सबैभन्दा बढी सप्तकोशी डेभलपमेन्ट बैंकको ४ दशमलव १४ प्रतिशतले घटेको छ । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ३४५ दशमलव १० मा झरेको हो । त्यसैगरी युनाइटेड इदीमार्दी आरबि हाइड्रोपावरको शेयरमूल्य ३ दशमलव ९० प्रतिशत घटेर रू. ५८६ मा झरेको छ ।  यो दिन सर्वाधिक शेयर खरीदविक्री हुनेमा नेशनल लाइफ इन्स्योरेन्स परेको छ । कम्पनीको रू.२० करोड २ लाख बरावरको शेयर खरीदविक्री भएको हो ।शेयरमूल्य प्रतिकित्ता रू. १ हजार १३१ कायम भएको छ । कम्पनीले शेयरधनीले लाभांश वितरण गर्ने प्रस्ताव गरेसँगै सर्वाधिक शेयर खरीदविक्री भएको हो ।  कम्पनीले आव २०७६/ ७७ को मुनाफाबाट  १९ प्रतिशत बोनस शेयर र १ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको हो ।यो प्रस्ताव बीमा समितिबाट स्वीकृती पाएपछि र कम्पनीको आगामी साधारण सभाबाट पारीत भएपछि शेयरधनीले पाउनेछन् । त्यसैगरी दोस्रोमा नेपाल दुरसञ्चार कम्पनीको रू. ११ करोड ४७ लाख बराबरको शेयर खरीदविक्री भएको हो । कारोबारमा आएका १३ समूहमध्ये सात ओटा समूहको परिसूचक बढेको छ भने बाँकी समूहको परिसूचक घटेको छ ।    समूहगत परिसूचक बढ्नेमा हाइड्रोपावर समूहको परिसूचक शून्य दशमलव १७ प्रतिशत,वित्त समूहको शून्य दशमलव ६१ प्रतिशत,निर्जीवन बीमा समूहको १ दशमलव शून्य ५ प्रतिशत,उत्पादन तथा प्रशोधन समूहको शून्य दशमलव ४ प्रतिशतले वृद्धि भएको छ । यस्तै अन्य समूहको शून्य दशमलव ८४ प्रतिशत ,लघुवित्त समूहको शून्य दशमलव १ प्रतिशत र लगानी समूहको परिसूचक शून्य दशमलव ५३ प्रतिशतका दरले वृद्धि भएको छ ।  त्यसैगरी समूहगत परिसूचक घट्नेमा बैंकिङ समूहको शून्य दशमलव २४ प्रतिशत, व्यापार समूहको शून्य दशमलव २४ प्रतिशत,होटल एण्ड टुरिजम समूहको शून्य दशमलव ६९ प्रतिशत,विकास बैंक समूहको शून्य दशलमव ४३ प्रतिशत,जीवन बीमा समूहको शून्य दशमलव शून्य १ प्रतिशत र म्युचुअल फण्ड समूहको शून्य दशलमव ५८ प्रतिशतका दरले घटेको छ ।  बजार निरतन्र घटेसँगै लगानीकर्ता पर्ख र हेरको अवस्थामा रहेको देखिएको छ । सोही कारण यो दिन कारोबार पनि घटेको छ । एक दुई दिनदेखि बजारमा पुन तरलता अभाव भएको हल्ला चल्न थालेको छ । सोही कारण लगानीकर्ताहरु अझै बजार घट्ने हो कि भन्ने आकलन गर्न थालेका छन् ।

नेप्से परिसूचकसँगै कारोबार रकममा वृद्धि, ३ ओटा कम्पनीको शेयरमूल्यमा सर्किट

पुस २६, काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमवार नेप्से परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा १९ दशमलव ४३ अंकले बढेको छ ।  यो दिन नेप्से परिसूचक २ हजार ७८४ दशमलव ९५ विन्दुमा पुगेको हो । कारोबारमा आएका २३६ ओटा धितोपत्रको १ करोड ४२ लाख ८८ हजार १३० कित्ता शेयर ७७ हजार १८३ पटकमा रू. ७ अर्ब १२ करोड ३४ लाख २४ हजार ३५ मा खरीदविक्री भएको छ । यो दिन ७ अर्ब १२ करोड रुपैयाँ बराबरको धितोपत्र कारोबार भयो । अघिल्लो कारोबार दिन आइतवार भने ७ अर्ब १० करोडको कारोबार भएको थियो । कारोबारमा आएका ती धितोपत्रमध्ये तीन ओटा धितोपत्रको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो ।  मध्य भोटेकोशी जलविद्युत् कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशत, युनियन हाइड्रोपावरको ९ दशमलव ९९ प्रतिशत र कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य ९ दशमलव ९८ प्रतिशतका दरले वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो । यो दिन मध्य भोटेकोशी जलविद्युत् कम्पनीको शेयरमूल्य रू.२८५,युनियन हाइड्रोपावरको रू.३८५ दशमलव ३० र कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य रू. ५०० दशमलव २० पुगेको हो ।  उता यो दिन प्रभु सेलेक्ट फण्डको इकाई मूल्य सबैभन्दा बढी ३ दशमलव १७ प्रतिशतले घटेको छ । फण्डको इकाई मूल्य प्रतिइकाई रू. ९ दशमलव १७ मा झरेको हो । त्यसैगरी दोस्रोमा चन्द्रागिरी हिल्सको शेयरमूल्य २ दशमलव ९९ प्रतिशत घटेर प्रतिकित्ता रू. १ हजार ४६० मा झरेको छ । सोमवार सर्वाधिक शेयर खरीदविक्री गोर्खाज फाइनान्स भएको छ । उक्त कम्पनीको रू. २२ करोड ७७ लाख ४० हजार बराबरको शेयर खरीदविक्री भएको हो । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ८२९ कायम भएको छ । त्यसैगरी दोस्रोमा नेपाल दुरसञ्चार कम्पनीको रू. २१ करोड ८२ लाख बराबरको शेयर खरीदविक्री भएको छ ।  यो दिन कारोबारमा आएका १३ ओटा समूहमध्ये होटल एण्ड टुरिजम समूहको १ दशमलव १८ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहको शून्य दशमलव ६६ प्रतिशत र बैंकिङ समूहको परिसूचक शून्य दशमलव ८२ प्रतिशतले घटेको छ भने बाँकी समूहको परिसूचक बढेसँगै समग्र नेप्से परिसूचक बढेको छ ।  समूहगत परिसूचक बढ्नेमा सबैभन्दा बढी अन्य समूहको परिसूचक ५ दशमलव ४८ प्रतिशतले वृद्धि भएको छ । त्यसैगरी व्यापार समूहको १ दशमलव ९१ प्रतिशत,विकास बैंक समूहको शून्य दशलमव ७६ प्रतिशत,हाइड्रोपावर समूहको १ दशमलव ३ प्रतिशत,वित्त समूहको ३ दशमलव ३१ प्रतिशले बढेको छ ।  त्यसैगरी निर्जीवन बीमा समूहको १ दशमलव ५२ प्रतिशत, लघुवित्त समूहको शून्य दशमलव २३ प्रतिशत, जीवन बीमा समूहको १ दशमलव ४४ प्रतिशत,म्युचुअल फण्ड समूहको १ दशमलव ४१ प्रतिशत र लगानी समूहको परिसूचक १ दशमलव शून्य ८ प्रतिशतका दरले वृद्धि भएको छ । बजारले  गति लिने संकेतहरु आएकाले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन सबैप्रकारका लगानीकर्ता उत्साहित भएका छन् । जसका कारण पनि नेप्से परिसूचक केहिदिन यतादेखि वृद्धि हुँदै गएको हो ।