१९९० को बलियो टेवा विन्दुबाट ओर्लियो बजार, कुल पूँजीकरण २९ खर्बभन्दा बढी कायम

काठमाडौं । नेप्से परिसूचक लगातार  तीन दिन घटेको छ । तीन कारोबार दिनमा परिसूचक १ दशमलव ८८ प्रतिशत घटेको छ । केही समय देखि पर्ख र हेरको अवस्थामा लगानीकर्ता थिए । तर, आइतवार भने विक्रेता हाबी भएसँगै बजार तल झरको हो ।  लामो समयदेखि १९९० विन्दुभन्दा तल नझरेको नेप्से  आइतवार भने उक्त सर्पोट विन्दुभन्दा तल झरेको हो ।   पछिल्लो समय धितोपत्रको दोस्रो बजार घटिरहेको समयमा  सेबोनले धमाधम आइपीओ र हकप्रद शेयर जारी गर्न अनुमति दिइरहेको छ । यसले बजारमा आपूर्ति बढाउँदा बजार प्रभावित भएको लगानीकर्ताको भनाइ छ ।  बजार निरन्तर  घटिरहँदा लगानीकर्ताको मनोबल कमजोर देखिएको छ । यसोत वित्तीय प्रणालीमा पर्याप्त लगानी योग्य रकम भए पनि कर्जाको माग नहुनु लाई कारण मानिएको छ भने महँगो ब्याजदरले गर्दा बजार प्रभावित भएको देखिन्छ ।  साताको पहिलो कारोबार दिन नेप्से परिसूचक १ दशलमव ४९ प्रतिशत घटेर १ हजार ९६० दशमलव ७८ विन्दुमा झरेको छ । २७६ धितोपत्रको ४० लाख ५३ हजार ३६८ कित्ता शेयर ३७ हजार ४१ पटकमा रू. १ अर्ब १८ करोड बराबरको शेयर कारोबार भएको हो ।  सेन्सेटिभ इन्डेक्स १ दशलमव ३३ प्रतिशत,फ्लोट इन्डेक्स १ दशमलव ४३ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स १ दशमलव ३३ प्रतिशत घटेको छ ।  कारोबारमा आएका धितोपत्रमध्ये थ्रि स्टार हाइड्रोपावरको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशत बढेसँगै सकारात्मक सर्किट लागेको हो । शेयर मूल्य प्रतिकित्ता रू. २५४ दशमलव १० पुगेको हो । त्यस्तै दोस्रोमा सिक्लेस हाइड्रोपावरको शेयर मूल्य ५ दशलमव ५६ प्रतिशत बढेर रू. २५४ दशमलव ९० पुगेको छ ।  आइतवार सबैभन्दा बढी लिवर्टी इनर्जी कम्पनी र सिटी होटलका शेयरधनीले गुमाएका छन् । यी दुबै कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशतका दरले घटेसँगै धेरै गुमाएका हुन । सिटी होटलको शेयर मूल्य रू. ६८० दशमलव ४० र लिवर्टी इनर्जीको रू.२०२ दशमलव ५० मा झरेको छ । सर्वाधिक शेयर खरीदविक्रीको हिस्सा सोल्टी होटलले ओगटेको छ । यस कम्पनीको रू.३ करोड ८८ लाख बराबर भएको छ। कम्पनीको शेयर मूल्य रू. ४३८ कायम भएको छ । त्यस्तै सर्वाधिक शेयर खरीदविक्री हुने दोस्रोमा आइएमई लाइफ इन्स्योरेन्सको रू. ३ करोड ७६ लाख बराबरको भएको हो ।  कारोबारमा आएका १३ओटै समूहगत परिसूचक घटेका छन् । सबैभन्दा बढी होटल तथा पर्यटन समूहको परिसूचक ३ दशलमव ०३ प्रतिशत घटेको छ । त्यस्तै हाइड्रोपावर समूहको २ दशमलव ३३ प्रतिशत , निर्जीवन र जीबन बीमा समूहको परिसूचक २ प्रतिशतका दरले घटेको हो । बजार कुल पूँजीकरण रू.२९ खर्ब ३५ अर्ब भन्दा बढी कायम भएको छ । 

सम्बन्धित सामग्री

प्रदेश बलियो भए मात्रै संघीयता बलियो हुन्छ: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले प्रदेश तह बलियो भए मात्रै सङ्घीयता बलियो हुने बताएका छन्।

कांग्रेस बलियो भए प्रजातन्त्र बलियो बन्छ : सभापति देउवा

कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस बलियो भए प्रजातन्त्र बलियो हुने बताएका छन्। आज प्रजातान्त्रिक विचार समाजका नवनिर्वाचित पादधिकारीसँगको भेटमा सभापति देउवाले  कांग्रेस बलियो भएमा मात्र देशमा प्रजातन्त्र बलियो हुने बताएका हुन्।  उनले...

‘लोकतन्त्रका लागि प्रेस बलियो हुनुपर्छ’

मानव अधिकार तथा शान्ति समाजका सभापति रामकृष्ण बरालले लोकतन्त्र बलियो हुनका लागि प्रेस बलियो हुनुपर्ने बताएका छन्।...

स्थानीय तह बलियो भए मात्र देश बलियो हुन्छ : मुख्यमन्त्री अधिकारी

काठमाडौँ- गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले स्थानीय तह बलियो भए मात्र देश बलियो बन्ने बताएका छन् । गाउँपालिका राष्ट्रिय महासङ्घ नेपाल, गण्डकी प्रदेशको दोस्रो अधिवेशनलाई आज पोखरामा उद्घाटन गर्दै उनले स्रोतसाधन केन्द्रमा राखेर स्थानीय तह र प्रदेश बलियो नहुने धारणा राखे । “स्थानीय तहका प्राथमिकता र रोजाइका आधारमा सङ्घ र प्रदेशले बजेट तथा कार्यक्रम निर्धारण […]

कांग्रेस बलियो भए मात्रै लोकतन्त्र बलियो हुन्छः नेता महर

दाङ – नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले अब कांग्रेसलाई बलियो बनाउने अभियानमा सबै लाग्नुपर्ने बताएका छन्। कांग्रेस घोराही उपमहानगरपालिकाको प्रथम सम्मेलनलाई सम्बोधन गर्दै नेता महरले लोकतन्त्र बलियो बनाउन कांग्रेस बलियो हुनुपर्ने धारणा राखे। ‘बहुदलीय व्यवस्थामा पार्टी बलियो बनाउनु पर्छ। पारदर्शी हुनुपर्छ,’ उनले भने, ‘त्यसैले पाँच वर्षसम्म पार्टीको बलियो संगठन निर्माणमा लाग्नुपर्छ। अबको पाँच वर्षपछि […]

संगठन बलियो भएमात्रै पार्टी बलियो हुन्छ: ईश्वर पोखरेल

संगठन हार्दा पार्टीले हार्ने र पार्टीले हार्दा संगठन हार्ने बताउँदै उनले संगठनलाई बलियो बनाउँदा मात्रै पार्टी पनि बलियो हुने बताए। विदेशमा रहेका नेपालीहरुले आफूसँग भएको सीप, धन र क्षमतालाई मातृभूमिको सेवामा लगाउन चाहेकाले त्यसका लागि अनुकुलको वातावरण र नी...

राप्रपा बलियो भए मात्र देश बलियो हुन्छः लिङदेन

धनगढी – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले राप्रपा बलियो भए मात्र देश बलियो हुने बताएका छन्। उनले राप्रपा मात्रै देश बचाउने पार्टी भएकाले राप्रपाप्रति सबैको आकर्षण बढ्दै गएको दाबी गरे। धनगढीमा बुधबार आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष लिङदेनले भने, ‘अब राप्रपा देशको वैकल्पिक राजनितिक शक्तिका रुपमा अघि बढीसकेको छ, कसैले चाहेर पनि रोक्न सक्दैन।’ […]

प्रदेशलाई बलियो नबनाएसम्म संघीयता बलियो हुँदैन : गुरुङ

नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले प्रदेशलाई बलियो नबनाएसम्म संघीयता बलियो नहुने बताएका छन् । रातोपाटीसँग कुरा गर्दै गुरुङले संविधान बनाउँदादेखि नै त्रुटी भएको बताउँदै प्रदेशलाई बलियो बनाउनतिर लाग्नु पर्ने बताए ।‘हामीले संविधान बमोजिम कतिपय कानुन बनाएपनि कार्यन्वयन गर्न सकेका छैनौ । कतिपय कानुन बनाउनै सकिएको छैन’ रातोपाटीसँग कुरा गर्दै गुरुङले भने,‘प्रदेशलाई बलियो नबनाउँदासम्म संघीयता बलियो बनाउन सकिदैन । त्यसैले प्रदेशलाई अधिकार सम्पन्न बनाउँ ।’ प्रदेशलाई अ

बलियो नेपाल : बलियो प्रदेश १ र बागमती प्रदेशको विजयी सुरुवात

काठमाडौं(हाम्रो खेलकुद) – बुधबारबाट सुरु भएको बलियो नेपाल यू-१५ क्रिकेट प्रतियोगितामा बलियो १ र बलियो बागमती प्रदेशले विजयी सुरुवात गरेका छन् । न्युट्रिसन इनिसिएटिभको आयोजना तथा क्विन्स इभेन्ट मेनेजमेन्टको व्यवस्थापनमा काठमाडौं स्थित तल्लो मुलपानी मैदानमा सुरु भएको प्रतियोगिताको पहिलो दिन पहिलो खेलमा बलियो प्रदेश १ ले बलियो गण्डकी प्रदेशलाई ४ विकेटले हराउँदै विजयी सुरुवात गर्यो […]

'संघीयता बलियो बनाउन सके मात्रै सार्वजनिक प्रशासन बलियो बन्छ'

निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले संघीयतामा सार्वजनिक प्रशासन बलियो बनाउन स्थानीय तहलाई बलियो बनाउनु पर्ने बताएका छन्।...