बुधवार ७.२१ अंक घटेर २१३०.७१ विन्दुमा झर्‍यो नेप्से, किन घट्दैछ दिनहुँ शेयर बजार ?

जेठ १८, काठमाडौं । साताको तेस्रो कारोबार दिन बुधवार नेप्से परिसूचक ७ दशमलव २१ अंक घटेको छ । नेप्से परिसूचक २ हजार १३० दशमलव ७१ विन्दुमा झरेको हो ।  यस अवधिमा कारोबारमा आएका २२७ ओटा धितोपत्रको ३० लाख २० हजार ६७ कित्ता शेयर २३ हजार १३४ पटकमा रू. १ अर्ब ७ करोड ८४ लाख ४ हजार १८१ दशलमव ९५ बराबरको शेयर खरीदविक्री भएको छ । बजेट भाषण पछि लगातार तेस्रो दिन पनि नेप्से परिसूचक घटेको छ । दिनहुँ परिसूचक घटिरहँदा सूचीकृत कम्पनीहरुको शेयरमूल्य धेरै नै सस्तिएको छ । यस्तो अवस्थामा पनि लगानीकर्ता खरीद गर्ने मुडमा देखिदैनन् ।  यसोत लामो समदेखि घट्दो क्रममा रहेको बजारलाई सकारात्मक दिशामा लैजानको लागि नियामक निकायले केही राम्रो कदम चाल्नुपर्ने देखिन्छ । यसो त अब नयाँ आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक हुने दिन पनि नजिकिएको छ । यसबाट पूँजीबजार विकास विस्तारका लागि राम्रो निती आएमा शेयर बजारमा सकारात्मक प्रभाव पर्ने जानकारहरु बताउँछन् । लगानीकर्ताले शेयर बजार घट्ने बढ्ने भइरहन्छ भन्ने बुझ्नु आवश्यक छ । आफूले लगानी गर्नु पूर्व कम्पनीका आधारभूत पक्ष र प्राविधिक पक्ष राम्रो सँग केलाएर लगानी गरेमा राम्रो प्रतिफल प्राप्त हुने गर्दछ ।  कारोबारमा आएका २२७ ओटा धितोपत्रमध्ये मैलुङखोला जलविद्युत कम्पनी र बलेफी हाइड्रोपावर कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । मैलुङ खोला जलविद्युत् कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशत र बलेफी हाइड्रोपावरको ९ दशमलव ९४ प्रतिशत वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो । बलेफी हाइड्रोपावरको शेयरमूल्य रू. १३९ दशमलव ४० र मैलुङ खोला जलविद्युत कम्पनीको रू. ५२८ कायम भएको छ ।  बुधवार शिखर इन्स्योरेन्स कम्पनीको शेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ । कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशत घटेसँगै नेगेटिभ सर्किट लागेको हो । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ९२४ दशमलव ३० मा झरेको हो । कम्पनीले आव २०७७/७८ को मुनाफाबाट शेयरधनीलाई लाभांश नदिने निर्णय गरेसँगै विक्रेता हावी हुँदा शेयर मूल्य घटेको हो ।  कम्पनीले आगामी चैत मसान्तसम्म बीमा समितिले तोके बमोजिम चुक्ता पूँजी रू. २ अर्ब ५० करोड पुर्‍याउन जगेडा कोषमा पर्याप्त रकम भएपनि हाललाई गत आर्थिक वर्षको नाफाबाट लाभांश वितरण नगर्ने निर्णय भएको नेप्से मार्फत जानकारी दिएको हो । त्यसैगरी शेयरमूल्य घट्ने दोस्रोमा नेपाल इन्भेष्टमेण्ट बैंकको शेयरमूल्य ७ दशमलव २५ प्रतिशत घटेर रू. ३०७ मा झरेको छ । कम्पनीको शेयरमूल्य घटेसँगै यस कम्पनीको सर्वाधिक शेयर किनबेच भएको छ । कम्पनीको रू. १२ करोड १३ लाख बराबरको शेयर किनबेच भएको हो ।  त्यसैगरी सर्वाधिक शेयर खरीदविक्री हुने दोस्रोमा हिमालयन डिष्टीलरीको रू. ४ करोड ६८ लाख बराबरको भएको हो ।  कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये विकास बैंक समूहको परिसूचक शून्य दशमलव ५८ प्रतिशत, वित्त समूहको शून्य दशलमव ३८ प्रतिशत र हाइड्रोपावर समूहको शून्य दशलमव ६८ प्रतिशत वृद्धि भएको हो भने बाँकी सबै समूहको समूहगत परिसूचक घटेको छ ।  समूहगत परिसूचक घट्नेमा व्यापार समूहको १ दशमलव ८३  प्रतिशत, अन्य समूहको शून्य दशमलव २२ प्रतिशत, निर्जीवन बीमा समूहको १ दशमलव ७५ प्रतिशत, म्युचुअल फण्ड समूहको शून्य दशलमव ३६ प्रतिशत, लघुवित्त समूहको शून्य दशलमव ३० प्रतिशत, उत्पादन तथा प्रशोधन समूहको शून्य दशलमव ६४ प्रतिशत, जीवन बीमा समूहको १ दशमलव ५० प्रतिशत, लगानी समूहको शून्य दशमलव १९ प्रतिशत, होटल एण्ड टुरिजम समूहको शून्य दशलमव ३४ प्रतिशत र बैंकिङ्ग समूहको परिसूचक शून्य दशलमव ३४ प्रतिशतका दरले घटेको हो । 

सम्बन्धित सामग्री

आज शेयर बजार राताम्मे

काठमाडौं– शेयर बजार आज उच्च अंकले घटेर राताम्मे भएको छ । शेयर बजार परिसूचक नेप्से आज ३१ दशमलव ५२ अंकले घटेर दुई हजार १३ दशमलव ९३ विन्दुमा झरेको छ । यस्तै सबै समूहको शेयर घटेकोमा फाइनान्स, होटल, जलविद्युत्, बीमा र उत्पादन समूहको शेयर उच्च अंकले ओरालो लागेको छ । आज सबैभन्दा धेरै मोलुङ हाइड्रोपावर कम्पनीको […]

आज फेरि घट्यो शेयर बजार

आज शेयर बजार घटेको छ । बैकिङबाहेक सबै समूहको शेयर घटेकोमा जीवन बीमा, उत्पादन र फाइनान्स समूहको शेयर उच्च अंकले ओरालो लागेको छ । हिजो/अस्ति सोमबार सामान्य सुधार भएको शेयर बजार आज पाँच दशमलव ८९ अंकले घटेर एक हजार आठ सय ६७ दशमलव २२ अंकमा झरेको छ । बजार घटेको दिन दुई सय ५२ वटा […]

शेयर बजार हरियो

काठमाडौं । साताको सुरुको दिन शेयर बजार नगन्य अंकले मात्र हरियो रहेर थामियो । उतार चढावबीच बजार परिसूचक नेप्से २ अंक बराबरले धनात्मक रहेर १९ सय ६३ कायम भएर थामियो । कारोबार पनि केही सुधारिएर डेढ अर्ब नाघ्यो । यस दिन ९ वटा समूह हरियो रहँदा ४ वटा रातो रहे । वाणिज्य बैंक, विकास बैंक, […]

दोहोरो अङ्कले बढ्यो शेयर बजार

काठमाण्डौँ । शेयर बजार परीसूचक नेप्से आज (बुधवार) दोहोरो अङ्कले बढेको छ । केही दिनयता लगातार घटिरहेको शेयर बजार आज ११.२२ अङ्कले बढेर एक हजार आठ सय ४८.८२ अङ्कमा पुगेको छ । आज म्युचल फन्डबाहेक सबै समूहको शेयर बढेकोमा उत्पादन, विकास बैंक, बीमा र होटल तथा पर्यटन समूहको शेयर उच्च अङ्कले बढेको छ । नेप्से […]

शुक्रबार फेरि घट्यो शेयर बजार

काठमाडौं । बिहीबार केही सुधार देखिएको शेयर बजार परिसूचक नेप्से शुक्रबार फेरि घटेको छ । शुक्रबार नेप्से ७ दशमलव ५६ अङ्कले घटेर एक हजार नौ सय ७१ दशमलव ३८ विन्दुमा झरेको छ । शुक्रबार पहिलो पटक दुई घण्टाका लागि शेयर बजार खुलेको हो ।यसअघि सरकारले आइतबार पनि सार्वजनिक बिदा दिएपछि शेयर बजार पनि आइतबार बन्द […]

भोलि आइतबार शेयर बजार बन्द रहने

३ पुस, काठमाडौं । भोलि आइतबार शेयर कारोबार खुला नहुने भएको छ । सरकराले उधौली पर्व तथा योमरी पुन्हीका अवसरमा सार्वजनिक बिदा दिने भएकाले आइतबार शेयर बजार पनि बन्द रहने भएको हो । शेयर बजार सार्वजनिक बिदाका दिनहरुमा बाहेकहरेक साता आइतबारदेखि बिहीबारसम्म खुला हुने गरेको छ । सरकारले काठमाडौं उपत्यकामा मात्रै बिदा दिएको अवस्थामा पनि […]

शेयर बजार करिब स्थीर

काठमाडौं, भदौ २४ । विगत केही दिनदेखि उच्च अंकले ओरालो लाग्दै आएको शेयर बजार साताको अन्तिम दिन बिहीबार भने केहि सम्हालियो । नेप्से मात्र आधा अंकले ऋणात्मक रहँदा कारोबार ७ अर्ब पुग्यो । उतार चढावबीच बजार परिसूचक नेप्से आधा अंक बराबरले रातो रहेर २८ सय ७५ कायम भएर थामिएको हो । कारोबार सुरु भएसंगै उकालो […]

सर्किट ब्रेकपछि फर्कियो शेयर बजार

नेप्सेमा नकारात्मक सर्किट ब्रेकपछि शेयर बजार पुनः फर्किएको छ ।  बजार खुलेको दुई घण्टाभित्र नेप्से ५.०३ प्रतिशतले घटेपछि बजार ४० मिनेटका लागि बन्द गरिएको थियो ।  १४७.३१ अंक तल झरेको शेयर बजार अहिले १ बजेर ५५ मिनेट जाँदा ६४.५२ अंक मात्रै तल छ । नेप्से सूचक २८६२.४८ छ ।

आइतबार र सोमबार शेयर बजार नखुल्ने

काठमाडौं, ६ भदौ । आइतबार र सोमबार शेयर बजार बन्द हुने भएको छ । हप्तामा ५ दिन सुचारु हुने नेपाल स्टक एक्सचेञ्ज (नेप्से) यो साता तीन कारोबार दिन मात्र सञ्चालन हुने भएको हो । आज र भोली सार्वजनिक विदा परेकाले शेयर बजार बन्द रहने नेप्सेले जनाएको छ । आज जनै पुर्णिमा तथा जनै पुर्णिमा र […]