बजेटपछि लगानीकर्ता निराश, २.७४ प्रतिशत घट्यो नेप्से

काठमाडौं । बजेटपछिको पहिलो कारोबार दिन मंगलवार नेप्से परिसूचक २ दशमलव ७४ प्रतिशत अर्थात् ५३ दशमलव १६ अंक घटेर १ हजार ८८८ दशमलव ६१ विन्दुमा झरेको छ । सोमवार सार्वजनिक भएको बजेटले पूँजी बजारका माग समेट्न नसकेपछि लगानीकर्ताहरू निराश हुँदा नेप्से उच्च अंकले घटेको देखिन्छ । धेरै वर्षदेखि धितोपत्रको दोस्रो बजारमा एनआरएनलाई भित्र्याउने कुरा उठ्दै आएको थियो । त्यसलाई नै चालू आर्थिक वर्षको बजेटमा निरन्तरता दिइएको छ । चालू आवको बजेटमार्फत लगानीकर्ताले शेयर धितो कर्जामा कायम रहेको १२ करोड रूपैयाँको सीमा खारेज गर्नुपर्ने र १५० प्रतिशत पुर्‍याएको जोखिम भारित औसतलाई पुनः १०० प्रतिशत नै कायम गर्नुपर्ने तथा अल्पकालीन लगानीकर्तालाई ५ प्रतिशत र दीर्घकालीन लगानीकर्तालाई ३ प्रतिशत मात्र पुँजीगत लाभकरको व्यवस्था गर्नुपर्ने जस्ता माग गरेका थिए । यी विषयमा कुनै सम्बोधन भएन ।  यस कारण मंगलवार उच्च अंक घटेको देखिन्छ ।  यसो त पछिल्लो समय वित्तीय प्रणालीमा तरलता सहज हुँदै गएको छ । यसकारण पनि बिस्तारै ब्याजदर घट्ने देखिन्छ । यसले शेयर बजार सकारात्मक प्रभाव पर्ने जानकारहरू बताउँछन् ।  यस दिन २७५ धितोपत्रको ७० लाख ७४ हजार २५५ कित्ता ४० हजार ६३४ पटकमा रू. २ अर्ब ३४ करोड बराबर कारोबार भएको छ । कारोबारमा आएका धितोपत्रमध्ये आत्मनिर्भर लघुवित्तको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. १ हजार ८१८ दशमलव ६० पुगेको हो । त्यस्तै दोस्रोमा बिपिडब्लु लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य ९ दशमलव ९८ प्रतिशत बढेर रू. ३७२ दशमलव ४० पुगेको छ ।  मंगलवार सबैभन्दा बढी श्वेत-गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्शनका शेयरधनीले सर्वाधिक गुमाएका छन् । कम्पनीको शेयर मूल्य सबैभन्दा बढी ९ दशमलव २६ प्रतिशत घटेर रू. २९३ दशमलव १० मा झरेको छ । त्यस्तै दोस्रोमा सिटिजन्स म्युचुअल फण्ड १ को इकाई मूल्य ९ दशमलव १० प्रतिशत घटेर रू. ७ दशमलव शून्य ९ कायम भएको छ ।  मंगलवार सर्वाधिक शेयर खरीदविक्रीको हिस्सा शिवम् सिमेन्ट्सले ओगटेको छ । कम्पनीको रू. २१ करोड २४ लाख बराबर कारोबार भएको हो । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ४६२ कायम भएको छ । त्यस्तै सर्वाधिक शेयर खरीदविक्री हुने दोस्रोमा ग्लोबल आइएमई बैंकको संस्थापक शेयर रू. १० करोड ११ लाख बराबर भएको हो ।  यस दिन कारोबारमा आएका समूहगत परिसूचक सबै घटेको छन् । सबैभन्दा बढी जीवन बीमा समूहको परिसूचक ३ दशमलव ५० प्रतिशत घटेको छ । मंगलवार सेन्सेटिभ इन्डेक्स २ दशमलव ३६, फ्लोट इन्डेक्स २ दशलमव ७४ र सेन्सेटिभ फ्लोट इन्डेक्स २ दशमलव २९ प्रतिशत घटेका छन् ।

सम्बन्धित सामग्री

एकै दिन सय अंकले घट्यो नेप्से

निर्वाचनको घोषणाका कारण बजार बढ्ने अपेक्षामा रहेका लगानीकर्ता बैंक ब्याजदर बढ्ने निर्णयले आत्तिँदा ‘सेलिङ प्रेसर’ बढेपछि आइतबार सेयर बजारमा उच्च अंकको गिरावट आएको छ । बैंकहरूले ब्याजदर बढाएर करिब १२ प्रतिशतसम्म...

लगानीकर्ता आत्तिँदा करिब ८० अंकले घट्यो नेप्से

सेयर बजार घट्ने क्रमले सोमबार पनि निरन्तरता पाएको छ । दैनिक एकपछि अर्को उच्च अंकले घट्दै आएको सेयर बजारमा लगानीकर्ता पीडित बन्न पुगेका छन् ।  घटिरहेको बजारलाई नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले...

३२ अंकले घट्यो नेप्से, लगानीकर्ता पर्ख र हेरको अवस्थामा

यो दिन २६६७ दशमलव ४५ बिन्दुबाट सुरु भएको बजार १ दशमलव २२ प्रतिशतले घट्दै २६३३ दशमलव ४२ बिन्दुमा पुगेर बजार बन्द भएको हो ।

बुधवार १.५५ % घट्यो नेप्से : खानीखोला हाइड्रोपावरको शेयरमूल्यमा उच्च गिरावट

भदौ ९, काठमाडौं । बुधवार नेप्से परिसूचक १ दशमलव ५५ प्रतिशत घटेर बन्द भएको छ ।  मंगलवार १ दशमलव ७६ प्रतिशत घटेर ३ हजार १२४ दशमलव ८७ विन्दुमा बन्द भएको बजार बुधवार पनि ४८ दशमलव ४२ अंक घटेर ३ हजार ७६ दशमलव ४४ विन्दुमा झरेको हो । यस दिन सेन्सेटिभ इन्डेक्स पनि १ दशमलव ६७ प्रतिशत अर्थात् ९ दशमलव ६७ अंक घटेर ५६७ दशमलव ९९ विन्दुमा झरेको छ । मंगलवार नेपाल राष्ट्र बैंकले मौद्रिक नीति कार्यान्वयनका लागि सार्वजनिक गरेको एकीकृत निर्देशनमा मार्जिन प्रकृतिको शेयर धितो कर्जाको सीमा एक वर्ष भित्र रू. १२ करोडमा झार्न भनेसँगै बुधवार पनि बजार प्रभावित बनेको हो ।  राष्ट्र बैंकले भदौ ८ गते सार्वजनिक गरेको मौद्रिक नीतिले गरेको रू. १२ करोड सम्मको मार्जिन कर्जाको सीमा परिमार्जन हुने विश्वास लगानीकर्ताहरुले गरेका थिए । नेपाल सरकार अर्थमन्त्रालयमार्फत लगानीकर्ता संघका पदाधिकारीहरुले मार्जिन कर्जा रकमको सीमाको विषय परिमार्जन गर्नुपर्ने माग गरेका थिए ।  मार्जिन कर्जा रकमको सीमाले बजार प्रभावित हुने देखिएमा उक्त व्यवस्था परिमार्जन गर्न सुझाव दिन प्रतिक्रिया अर्थमन्त्रालयबाट पनि प्राप्त गरेका लगानीकर्ताहरु सो व्यवस्था परिमार्जन नभएपछि निराश बनेको बताएका छन् ।  बुधवार नेप्से परिसूचकसँगै कारोबार रकममा पनि कमी आएको छ । मंगलवार रू. १६ अर्ब १२ करोड ४४ लाख ६८ हजार बराबरको २ करोड ५३ लाख १६ हजार ८०५ कित्ता शेयर कारोबार भएकोमा बुधवार रू. १२ अर्ब ९ करोड २१ लाख ३ हजार बराबरको १ करोड ९५ लाख ९९ हजार ८९ कित्ता शेयर कारोबार भएको हो ।  यस दिन अरुण काबेली पावरको सर्वाधिक रकमको शेयर कारोबार भएको छ । कम्पनीको रू. ४८ करोड ७१ लाख ५ हजार बराबरको शेयर कारोबार भएको हो । सर्वाधिक रकमको कारोबार भएको यस कम्पनीको शेयरमूल्य भने प्रतिकित्ता रू. ११ दशमलव ४० ले बढेर अन्तिम मूल्य रू. ७८८ दशमलव ९० पुगेको छ । प्रतिकित्ता रू. ७७७ मा खुला भएको अरुण काबेली पावरको शेयरमूल्य यो दिन न्यूनतम रू. ७४५ देखि अधिकतम रू. ८२१ सम्म पुगेको थियो । बुधवार कारोबारमा आएका सबै समूहगत परिसूचकहरु घटेका छन् । यस दिन जीवन विकास लघुवित्त र आईसीएफसी फाइनान्सको शेयरमूल्य उच्च दरमा बढेको छ । जीवन विकास लघुवित्तको १० प्रतिशत र आईसीएफसी फाइनान्सको ९ दशमलव ९९ प्रतिशत मूल्य वृद्धि भएको हो ।  यस दिन खानीखोला हाइड्रोपावरको शेयरमूल्य भने सर्वाधिक ९ दशमलव ९८ प्रतिशत घटेको छ । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ३९ दशमलव ६० ले घटेर अन्तिम मूल्य रू. ३५७ दशमलव ३० कायम भएको हो ।

लगानीकर्ता नाफा बुकिङमा हाबी, सामान्य अंकले घट्यो नेप्से

कारोबार रकम ३ अर्ब ४१ करोडमाथि आइतबार उछाल आएको सेयर बजारमा सोमबार लगानीकर्ता नाफा बुक गर्न हाबी हुँदा सामान्य

सामान्य अंकले घट्यो नेप्से

लघुवित्त कम्पनीतर्फ लगानीकर्ता आकर्षित, कारोबार रकमदेखि मूल्यसमेत बढ्यो बुधबार बजार अन्योलमा बन्द भएको छ ।