माघ १३, काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीवार नेप्से परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा ३ दशमलव ३३ अंकले बढेको छ ।
यो दिन नेप्से परिसूचक २ हजार ७७९ दशमलव ९८ विन्दु्मा पुगेको हो । यो दिन कारोवारमा आएका २२४ ओटा धितोपत्रको ६६ लाख ७५ हजार २३१ कित्ता शेयर ५० हजार ९६५ पटकमा रू.३ अर्ब ३४ करोड ३४ लाख१३ हजार ६८४ दशमलव शून्य ३मा खरीदविक्री भएको छ ।
यो दिन कारोबारमा आएका २२४ ओटा धितोपत्रमध्ये दुई ओटा धितोपत्रको मूल्यमा सकारात्मक सर्किट लागेको छ । यो दिन विन नेपाल लघुवित्त वित्तीय संस्था र बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशतका दरले वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो । विन नेपाल लघुवित्तको शेयरमूल्य प्रतिकित्ता रू.१ हजार ३३८ दशमलव २० र बुद्धभुमि नेपालको रू.५०९ दशमलव ५० पुगेको हो ।
त्यसैगरी यो दिन शेयरमूल्य घट्नेमा सबैभन्दा बढी सप्तकोशी डेभलपमेन्ट बैंकको ४ दशमलव १४ प्रतिशतले घटेको छ । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ३४५ दशमलव १० मा झरेको हो । त्यसैगरी युनाइटेड इदीमार्दी आरबि हाइड्रोपावरको शेयरमूल्य ३ दशमलव ९० प्रतिशत घटेर रू. ५८६ मा झरेको छ ।
यो दिन सर्वाधिक शेयर खरीदविक्री हुनेमा नेशनल लाइफ इन्स्योरेन्स परेको छ । कम्पनीको रू.२० करोड २ लाख बरावरको शेयर खरीदविक्री भएको हो ।शेयरमूल्य प्रतिकित्ता रू. १ हजार १३१ कायम भएको छ । कम्पनीले शेयरधनीले लाभांश वितरण गर्ने प्रस्ताव गरेसँगै सर्वाधिक शेयर खरीदविक्री भएको हो ।
कम्पनीले आव २०७६/ ७७ को मुनाफाबाट १९ प्रतिशत बोनस शेयर र १ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको हो ।यो प्रस्ताव बीमा समितिबाट स्वीकृती पाएपछि र कम्पनीको आगामी साधारण सभाबाट पारीत भएपछि शेयरधनीले पाउनेछन् ।
त्यसैगरी दोस्रोमा नेपाल दुरसञ्चार कम्पनीको रू. ११ करोड ४७ लाख बराबरको शेयर खरीदविक्री भएको हो । कारोबारमा आएका १३ समूहमध्ये सात ओटा समूहको परिसूचक बढेको छ भने बाँकी समूहको परिसूचक घटेको छ ।
समूहगत परिसूचक बढ्नेमा हाइड्रोपावर समूहको परिसूचक शून्य दशमलव १७ प्रतिशत,वित्त समूहको शून्य दशमलव ६१ प्रतिशत,निर्जीवन बीमा समूहको १ दशमलव शून्य ५ प्रतिशत,उत्पादन तथा प्रशोधन समूहको शून्य दशमलव ४ प्रतिशतले वृद्धि भएको छ । यस्तै अन्य समूहको शून्य दशमलव ८४ प्रतिशत ,लघुवित्त समूहको शून्य दशमलव १ प्रतिशत र लगानी समूहको परिसूचक शून्य दशमलव ५३ प्रतिशतका दरले वृद्धि भएको छ ।
त्यसैगरी समूहगत परिसूचक घट्नेमा बैंकिङ समूहको शून्य दशमलव २४ प्रतिशत, व्यापार समूहको शून्य दशमलव २४ प्रतिशत,होटल एण्ड टुरिजम समूहको शून्य दशमलव ६९ प्रतिशत,विकास बैंक समूहको शून्य दशलमव ४३ प्रतिशत,जीवन बीमा समूहको शून्य दशमलव शून्य १ प्रतिशत र म्युचुअल फण्ड समूहको शून्य दशलमव ५८ प्रतिशतका दरले घटेको छ ।
बजार निरतन्र घटेसँगै लगानीकर्ता पर्ख र हेरको अवस्थामा रहेको देखिएको छ । सोही कारण यो दिन कारोबार पनि घटेको छ । एक दुई दिनदेखि बजारमा पुन तरलता अभाव भएको हल्ला चल्न थालेको छ । सोही कारण लगानीकर्ताहरु अझै बजार घट्ने हो कि भन्ने आकलन गर्न थालेका छन् ।