काठमाण्डौ – विदेशमा कार्यरत नेपालीलाई अत्यावश्यक काम नपरी एमआरपी पासपोर्ट नवीकरण नगर्न त्यहाँ रहेका नेपाली दूतावासले अनुरोध गरेका छन् ।
विदेशमा रहेका नेपाली दूतावासमार्फत छिट्टै नै ई पासपोर्ट प्रदान गर्ने तयारी भइरहेको भन्दै दूतावासहरूले अत्यावश्यक अवस्थामा बाहेक एमआरपी पासपोर्ट नवीकरण नगर्न र केही समय कुरेर ई पासपोर्ट नै लिन भनेका हुन् ।
ओमानमा रहेको नेपाली दूतावासले आउँदो फेब्रुअरी १ तारिखबाट एक महिना भित्रै भिसा नवीकरण गर्नु पर्ने तर पासपोर्ट म्याद सकिएकाहरूको मात्र एमआरपी पासपोर्टको लागि आवेदन लिने ...