काठमाडौं : जिल्ला प्रशासन कार्यालय काठमाडौंमा राष्ट्रिय परिचयपत्र सहज बनेको छ।परिचयपत्र बनाउनेको भीड बढेसँगै व्यवस्थापनका लागि कर्मचारी, केन्द्र थपेसँगै जिप्रका काठमाडौंको भीड घटेको हो।मंसिर १ देखि सरकारले ई-पासपोर्ट जारी गर्यो। यसका लागि परिचयपत्र नम्बर अनिवार्य गरिएको थियो।पासपोर्ट बनाउने अधिकांश मानिसले परिचयपत्र बनाउँदा भीड एकै पटक बढेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। एकै पटक परिचय पत्र बनाउनेको भीड बढेसँगै राष्ट्रिय पञ्जीकरण विभागले अत्यावश्यक पर्नेले मात्र त