अत्यावश्यक बाहेक पासपोर्ट वितरण बन्द

काठमाडौं : कर्मचारीमा कोरोना संक्रमण फैलिएपछि राहदानी विभागले सेवा कटौती गरेको छ।विभागले कार्यालयका कर्मचारीहरुमा कारोना भाइरसको कारण विदेशमा उपचारका लागि विदेश जाने जस्ता गम्भीर प्रकृतिका अतिआवश्यक बोहकका सेवा स्थगित गरिएको जनाएको छ।विभागले मंगलबार सूचना जारी गर्दै भनेको छ, ‘विभागका कर्मचारीहरूमा व्यापक रुपमा फैलिएको कोरोना भाइरसको कारण विदेशमा उपचार गर्न जाने जस्ता गम्भिर प्रकृतिका अत्यावश्यक सेवा बाहेक यस विभागबाट प्रदान गरिने राहदानी सेवा सम्बन्धी सेवा अर्को सूचना जारी नभएसम्मको लागि स

सम्बन्धित सामग्री

‘अत्यावश्यक अवस्थामा बाहेक राहदानी जिल्लाबाटै दिनुपर्छ’

सरकारले गठन गरेको एक अध्ययन टोलीले अत्यावश्यक अवस्थामा बाहेक राहदानी विभागबाट पासपोर्ट बाँड्ने काम रोक्न सुझाव दिएको छ । साथै, विभागको क्षमता बढाउन र तथ्यांक एकीकृत गर्न पनि ढिलाइ गर्न नहुने औंल्याएको छ ।

काभ्रेमा विद्युतीय राहदानी सेवा शुरू

बनेपा । काभ्रेपलाञ्चोक जिल्ला प्रशासन कार्यालयबाट आइतवारदेखि विद्युतीय राहदानी वितरण सेवा शुरू भएको छ । यसअघि मेसिन रिडेवल पासपोर्ट वितरण गर्दै आएको कार्यालयले विद्युतीय राहदानी सेवा शुरू गरेको हो ।      काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले राज्यले लिएको नीति अनुसार छिटोछरितो सेवाका लागि जिल्ला प्रशासन कार्यालयबाट अब मेसिन रिडेवल पासपोर्टबाट ई–पासपोर्ट सेवा शुरू गरेको बताए । आइतवारदेखि नै शुरू भएको सो सेवा अहिले कोरोना संक्रमण जोखिमका कारण आगामी माघ २१ गतेसम्मका लागि अत्यावश्यक परेका सेवाग्राहीलाई मात्र वितरण भएको उनले बताए । त्यसको लागि घरमै विद्युतीय माध्यमबाट फर्म भरेर आवश्यक पर्ने विवरण प्रविष्ट गरेपछि उक्त सफ्ट कपीलाई कार्यालयबाट रुजु गर्ने काम हुने र त्यसैको आधारमा राहदानी वितरण हुने प्रमुख जिल्ला अधिकारी पाण्डेले बताए । भरेको फर्म सीधै राहदानी विभागमा जाने भएकाले छिटो र सहज तरिकाले तत्कालै विद्युतीय राहदानी सेवा उपलब्ध हुने उनको भनाइ छ । त्यसका लागि बैंकको शाखा पनि नजिकै चाहिने हुनाले शाखा सञ्चालनको व्यवस्थापन गर्ने काम भइरहेकाले केही दिनका लागि बैंकसम्म पुगेर भुक्तानी गर्नुपर्ने अवस्था रहेको बताएको छ । विद्युतीय राहदानी फर्म भर्न राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य भर्नुपर्ने भएकाले त्यसका लागि राष्ट्रिय परिचयपत्र नलिएकालाई सो सेवा पनि सँगसँगै दिने काम भएको उनले बताए । रासस

काभ्रेमा विद्युतीय राहदानी सेवा सुरु

काभ्रेपलाञ्चोक जिल्ला प्रशासन कार्यालयबाट आजदेखि विद्युतीय राहदानी वितरण सेवा सुरु भएको छ । यसअघि मेसिन रिडेवल पासपोर्ट वितरण गर्दै आएको कार्यालयले आजबाट विद्युतीय राहदानी सेवा सुरु गरेको हो ।काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले राज्यले लिएको नीति अनुसार छिटोछरितो सेवाका लागि जिल्ला प्रशासन कार्यालयबाट अब मेसिन रिडेवल पासपोर्टबाट ई–पासपोर्ट सेवा सुरु गरेको बताए । आजबाट नै सुरु भएको सो सेवा अहिले कोरोना सङ्क्रमण जोखिमका कारण आगामी माघ २१ गतेसम्मका लागि अत्यावश्यक परेका सेव

कर्मचारीमा कोरोना देखिएपछि जिल्ला प्रशासन कार्यालय रसुवाको सेवा स्थगित

रसुवा - जिल्ला प्रशासन कार्यालय रसुवाले आजदेखि सेवा प्रवाह स्थगित गरेको छ । कार्यालयका प्रायजसाे कर्मचारीलाई कोभिड–१९ को सङ्क्रमण देखिएकाले अत्यावश्यक सेवा बाहेक अन्य सेवा स्थगित गरिएको प्रमुख जिल्ला अधिकारी नवराज जैसीले बताउनुभयो । जिल्लाको शान्ति सुरक्षा र विपद् प्रतिकार्य बाहेक अन्य सेवा चार दिनका लागि स्थगित गरिएको उहाँको भनाइ छ ।   नयाँ तथा प्रतिलिपि नागरिकता वितरण, राहदानी तथा ई–पासपोर्ट, राष्ट्रिय परिचयपत्र, नाबालक परिचयपत्र, सङ्घसंस्था दर्ता तथा नवीकरण र कार्यालयबाट हुँदै आएको मतदाता नामावल...

सहज बन्यो राष्ट्रिय परिचयपत्र वितरण

काठमाडौं :  जिल्ला प्रशासन कार्यालय काठमाडौंमा राष्ट्रिय परिचयपत्र सहज बनेको छ।परिचयपत्र बनाउनेको भीड बढेसँगै व्यवस्थापनका लागि कर्मचारी, केन्द्र थपेसँगै जिप्रका काठमाडौंको भीड घटेको हो।मंसिर १ देखि सरकारले ई-पासपोर्ट जारी गर्‍यो। यसका लागि परिचयपत्र नम्बर अनिवार्य गरिएको थियो।पासपोर्ट बनाउने अधिकांश मानिसले परिचयपत्र बनाउँदा भीड एकै पटक बढेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।  एकै पटक परिचय पत्र बनाउनेको भीड बढेसँगै राष्ट्रिय पञ्जीकरण विभागले अत्यावश्यक पर्नेले मात्र त

आजदेखि ई-पासपोर्ट जारी हुँदै, यस्ता छन् विशेषता

काठमाडौं । सरकारले आजदेखि विद्युतीय राहदानी (ई-पासपोर्ट) जारी गर्दैछ । राहदानी विभागको त्रिपुरेश्वरस्थित सभाहलमा परराष्ट्रमन्त्री नारायण खड्काले अपरान्हदेखि ई-पासपोर्ट वितरणको औपचारिक सुरुआत गर्दैछन् । अहिलेसम्म नेपालले मेसिन रिडेबल पासपोर्ट (एमआरपी) जारी गरिरहेको थियो । राहदानी विभागका प्रवक्ता शरदराज अरनका अनुसार विभागले केही दिनसम्म सीमितरुपमा ई-पासपोर्ट वितरण गर्ने भएको छ । पूर्णरुपमा ई–पासपोर्ट वितरण नभइञ्जेल अत्यावश्यक […]