हुम्ला, मंसिर १४ । एक वर्षअघि पहिरोमा परेर गाउँका अधिकांश घर भत्किएपछि बासविहीन बनेका पीडित स्थानीयवासीका नयाँ घर ठडिएका छन्। सिङ्गो गाउँलाई नै पहिरोले क्षति पु-याएपछि कर्णाली प्रदेश सरकारको आर्थिक सहयोगमा बस्ती विस्तार कार्यक्रममार्फत जस्तापाताले छाएका नयाँ घर निर्माण भएका हुन्। बासविहीन बनेको छ महिनापछि नयाँ घरमा बस्न पाउँदा पहिरोपीडितलाई राहत मिलेको छ। खार्पुनाथ गाउँपालिका–२ […]