लमजुङको मर्स्याङ्दी गाउँपालिका– ३ अर्खले गाउँका पहिरो पीडितले नयाँ घर पाएका छन् । दुई वर्षदेखि विस्थापित यहाँका १८ घरपरिवार कोही आफन्तको सहारा र कोही त्रिपाल मुनि कष्टकर जीवन बिताउँदै आएका थिए । उनीहरूका लागि अर्खलेबेँसी र मर्स्याङ्दी– ६ लाम्पाटा बगरमा घर निर्माण गरिएको गाउँपालिकाले जनाएको छ । गाउँका १८ परिवारलाई स्थानान्तरणका लागि घर निर्माण गरिएको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले जानकारी दिए ।पीडितका लागि लाम्पाटा बगरमा ११, अर्खलेबेँसीमा ६ तथा बाहुनडाँडामा