बुटवलः रूपन्देहीको सैनामैना नगरपालिकामा विपन्न तथा घरविहीन परिवारलाई घर हस्तान्तरण गरिएको छ। वर्षौँदेखि बसोबास गर्दै आएका विपन्न परिवारलाई छनोट गरी बिहीबार नगरपालिकाले घर हस्तान्तरण गरेको हो।
नगरपालिकाले चक्रपथ निर्माण गर्दा विस्थापित हुनसक्ने परिवारको लागि भन्दै कञ्चन खोलाको किनारमा नमूना बस्ती निर्माण गरेको थियो।
तराई-मधेस समृद्धि कार्यक्रमको ७० प्रतिशत र नगरपालिकाको…