आज कुशे औंसी अर्थात् बुबाको मुख हेर्ने दिन । बुबालाई सम्मान प्रकट गर्ने विशेष अवसर । यो अवसरमा हामी ती बुबाहरूबारे चर्चा गर्दै छौं जसले प्रतिभावान् कलाकार त जन्माए नै, तिनलाई फिल्म क्षेत्रमै कर्म पनि दिए । उनीहरू कहिले निर्माता, कहिले लेखक, कहिले निर्देशक त कहिले स्वयं कलाकार बनेर आफ्ना कलाकार सन्ततिहरूका साथ यस क्षेत्रमा रमाइरहेका छन् ।