शुक्रबार प्रतिनिधि सभाको बैठकमा एमाले सांसदहरूले सभामुखलाई आक्रमण गर्न मर्यादापालकको काँध मात्र चढेनन् केही मर्यादापालकलाई टोकेको र चिथोरेकोसमेत पाइएको छ । आफ्नो दलको विरोधका बिच सभामुख अग्निप्रसाद सापकोटाले पेलेरै सभा सञ्चालन गर्न थालेपछि आक्रोशित र उत्तेजित भएका केही एमाले सांसदहरू मर्यादापालकको काँधमा चढेर सभामुखको आसनतर्फ जान खोजेका थिए । सभामुख र रोष्टममा बोलिरहेका अर्थमन्त्री जनार्दन शर्माको सुरक्षाको लागि हाते साङ्लो बनाएर बसेका मर्यादापालकलाई विरोध गरिरहेका सांसदहरूको पेलान रोक्न धौ