बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेलले विद्युतीय बस खरिद प्रक्रिया र सुरुङमार्ग निर्माण प्रक्रिया रोक्ने निर्णय राष्ट्रघाती निर्णय भएको बताएका छन् । सोमबार एक विज्ञप्ती जारी गर्दै पौडेलले वर्तमान सरकारले गरेको विद्युतीय बस खरिद प्रक्रिया र सुरुङमार्ग निर्माण प्रक्रिया रोक्ने निर्णयप्रति आपत्ति जनाउँदै उक्त कार्य राष्ट्रघाती भएको बताएका हुन् ।उनले नवगठित गठबन्धन सरकारको उक्त निर्णय देशलाई गरिब नै बनाइराख्ने सोच र व्यवहारबाट निर्देशित भएको आरोप समेत लगाएका छन् । पौडेलले इन्धन र मो