डुंगा चालकले मनोमानी शुल्क लिंदा स्थानीय मारमा, सम्बन्धित निकाय मौन

मंसिर २९, बैतडी । बैतडीको महाकाली नदी वारपार गराउने डुंगा चालकले मनपरि तरिकाले स्थानीयबाट भाडा लिदा नियन्त्रण गर्ने स्थानीय तह भने मौन बसेको छ । जसको प्रत्यक्ष मारमा स्थानीय परेका छन् । जिल्लाको दशरथचन्द नगरपालिका, पञ्चेश्वर र शिवनाथ गाउँपालिकाको सीमा भारतसँग जोडीएको छ । जसको सीमा महाकाली नदीले छुट्याएको छ । भारत जाँदा स्थानीयहरुले महाकाली नदी वारपार गर्नुपर्छ । नदीमा वारपार गर्नको लागि स्थानीय डुंगाको प्रयोग गर्ने गर्दछन् । अहिले डुंगा सञ्चालकले एक जनालाई नदीमा वारपार गराए बापत रू.  ६४० लिने गर्दछन् । यो गत वर्षहरुकोभन्दा ६ गुणा बढी हो । स्थानीय तहको राजस्व गुमाउँदा र स्थानीय जनतालाई यसरी लुट्दासम्म पनि स्थानीय तह मौन बसेको छ । स्थनीतह मातहत सञ्चालनमा रहेका यि डुंगा ठेकेदारहरुले अहिले अवैधानीक रुपले सञ्चालन गरिरहेका छन् । यसरी अवैधानीक रुपमा सञ्चालन गरेका ठेकेदारहरुलाई गाउँपालिकाहरुले नियन्त्रण गरेर राजस्व उठाउन सकेका छैनन् । प्रत्येक आर्थिक वर्षको सुरुवातमा स्थानीय तहले ठेक्का खोलेर राजस्व संकलन गर्ने गर्दछ । स्थानीय तहले तोकेको रकमभन्दा बढी रकम दिने मान्छेले डुंगा सञ्चालनको ठेक्का पाउने गर्दछन् । सम्झौता गर्दा स्थानीय तहले निश्चित रकममा वारपार गर्ने भनेर उल्लेख गर्ने गर्दछ ।  उल्लेख गरेको रकम अनुसार डुंगा चालकले वारपार गराउनु पर्ने हुन्छ । तर चालू आवमा स्थानीय तहले कोरोनाको कारण सीमा वन्द रहेकाले ठेक्काको टेन्डर अव्हान नगरेपछि मनपरी तरिकाले ठेकेदारहरुले सञ्चालन गरेका छन् ।  यहाँका अधिकांश नागरिक दैनिक उपभोग्य सामग्री, औषधि उपचार लगायत अन्य कामका लागि भारतीय बजारमा जाने गरेका छन् । तर पछिल्लो समयमा डुंगा चालकले मनोमानी शुल्क लिन थालेपछि उनीहरु मारमा परेका छन् ।  सरकारले भारतसँगका सबै नाका नखोलेकाले डुंगा सञ्चालनको लागि ठेक्का अव्हान नगरेको स्थानीय तहले बताएका छन् । जिल्लाका यि दुई स्थानीय तहमा नौ ठाउँबाट डुंगा मार्फत ओहरदोहर गर्ने गर्दछन् ।  धेरै डुंगा सञ्चालन हुने सिमामा नेपाल प्रहरी र शसस्त्र प्रहरी बस्ने गरेका छन् । यसरी स्थानिय तहदेखि प्रशासनसम्म मौन बस्दा स्थानीय जनता लुटिएका छन् । मनपरी भाडा लिएको बारे कुन ठाउँमा उजुरी गर्ने भन्ने पनि जानकारी नभएको स्थानिय बताउँछन् । 

सम्बन्धित सामग्री

दुईसय रुख काटियो, सम्बन्धित निकाय मौन

गण्डकी प्रदेश सांसद एवम् पूर्वमन्त्री राजीव गुरुङले पूर्वसांसद पोल्देन छोपाङ गुरुङसमेत सञ्चालक रहेका स्याउ फार्म एग्रो मनाङ प्रालिले सरकारी नीतिविपरीत करिब २५ रोपनीभन्दा बढी क्षेत्रफलको वन फँडानी हुँदा पनि स्थानीय प्रशासन मौन रहेकोमा आपत्ति जनाउनुभएको छ ।

अलपत्र छाडिएको पुलको रडमा खिया, सम्बन्धित निकाय मौन

रौतहट ।  दश महिनाअघि बाटोको दायाँ बायाँ ठडयाएको फलामे रड खिया लाग्दा समेत रेल गुडने पुल निर्माण नहुँदा स्थानीय चिन्तित बनेका छन् । चन्द्रपुर नगरपालिका वडा नम्बर ८ स्थित बेतौनामा रेल्वे ट्रयाकबेड निर्माण कार्य अन्तर्गत ३( तीन )नम्बर प्याकेजमा पर्ने सो ठेक्का दश महिना अघि निर्माण थालिएको भएता पनि रेल गुडने पुलको  तल्लो भागमा ढलान […]

सहकारीको ठगी : बचतकर्तालाई पैसा उठाउनै सास्ती, सम्बन्धित निकाय मौन

काठमाडौं :  गोकर्णेश्वर नगरपालिकाको जोरपाटीस्थित मञ्जुश्री बचत तथा ऋण सहकारी संस्थाले बचतकर्ताको रकम फिर्ता नगरेसँगै बचतकर्ता आन्दोलित बनेका छन्। सहकारीमा आफूले जम्मा गरेको पैसा लिन जाँदा सहकारी बन्द गरी सञ्चालक सम्पर्कविहीन भएसँगै बचतकर्ता आन्दोलित भएका हुन्।आफूले जम्मा गरेको रकम लिन मंसिर गते आइतबार बोलाएको सहकारीले बचतकर्तालाई झुक्याएर सहकारी बन्द गरी सम्पर्कविहीन भयो।मञ्जुश्री सहकारीले बचतकर्ताको ११ करोडभन्दा बढी रकम नतिरी फरार भएको छ। आजभोलि भन्दै करिब २ महिनादेखि सो सहक

बञ्चरेडाडाँबाट रातारात ढुङ्गा र बालुवा चोरी निकासी, सम्बन्धित निकाय मौन

काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर नुवाकोटको बञ्चरेडाडाँको ल्याण्डफिल साइटमा व्यवस्थापन हुन थालेको छ । यसअघि नुवाकोटकै सिसडोलमा व्यवस्थापन हुँदै आएको फोहोर अब भने बञ्चरेडाँडामा व्यवस्थापन हुन थालेको छ । बञ्चरे डाँडा वरिपरिको डाँडा कटान गरी नुवाकोटदेखि धादिङसम्म सडक निर्माण गर्ने सरकारको योजना अन्तर्गत सो क्षेत्रमा तयारी थालिरहदा सडक निर्माणका लागि ल्याइएका सामग्री मात्र नभइ्र्र रातारात […]

दलहरूबाटै आचार संहिता उल्लंघन, सम्बन्धित निकाय मौन

स्थानीय तह निर्वाचनको प्रचारप्रसारको क्रममा सिरहामा दलहरूले  व्यापक आचार संहिता उल्लंघन गर्दै आएका छन् । राजनीतिक दलहरूले चुनाव प्रचारप्रसार अभियानमा घरदैलो गर्दा शक्ति प्रदर्शन समेत गर्ने गरेका छन् ।  गोलबजार नगरपालिकामा नेकपा माओवादी केन्द्रले गरेको घरदैलो कार्यक्रममा व्यापक रुपमा बालबालिका प्रयोग भएका छन् । यसरी आचारसंहिता उल्लंघन हुँदा पनि प्रहरी प्रशासन मुकर्दशक बन्ने गरेको छ ।जिल्लाको गोलबजार, मिर्चैया, धनगढीमाई, कर्जन्हा, कल्याणपुर, लाहान, सिरहा लगायतका स्थानमा आचारसंहिता उल्लंघ

सर्लाहीको साझेदारी वनमा व्यापक काठ तस्करी, सम्बन्धित निकाय मौन

सर्लाही – जानकीनगर साझेदारी वनमा पछिल्लो केही समय यता व्यापक मात्रामा सालका रुख चोरी तस्करी बढेको छ । सर्लाहीको हरिवन नगरपालिका–६ र हरिपुर नगरपालिका–१ मा फैलिएको यस साझेदारी वनमा दैनिकजसो सालका रुख कटान गरेर तस्करी भइरहेको हो । केही समय पहिलासम्म सालको घना जंगलको रूपमा रहेको यस वन तस्करहरूको चंगुलमा परे यता व्यापक तस्करी भएको […]

सर्लाहीमा तस्करको पहिलो रोजाइ सालका रुख

साझेदारीका पदाधिकारी र वन कर्मचारीको मिलेमतोमा सालका रुखहरू कटान गरेर तस्करी भइरहेको स्थानीय बताउँछन् ।वनका रुखहरू कटान भइरहँदा समेत सम्बन्धित निकाय मौन बसेको उनीहरूको गुनासो छ ।

पाल्पामा चुनढुंगाबाट राजस्व छली

पाल्पा । पाल्पा चुनढुंगाका लागि चर्चित छ । यहाँबाट दैनिक २ हजार भन्दा बढी टिपर चुनढुंगा र डोलोमाइट निकासी हुन्छ । तर वर्षेनी चुनढुंगा निकासी र उत्खनन् परिमाण कम देखाएर राजस्व छली हुँदासमेत सम्बन्धित निकाय मौन छ ।पाल्पाको ज्यामिरे, रहवास,हात्तीलुङ, मस्याम, मरेक, कोलडाँडा, श्रीडाँडा,कचल, सिद्देश्वर लगायत एकदर्जन बढी स्थान चुनढुंगा खानीका लागि प्रख्यात छन् । तर, […]

यातायात व्यवसायीले मनपरी भाडा उठाउँदा पनि सम्बन्धित निकाय मौन

इलाममा यातायात व्यवसायीहरूले मनपरी भाडा उठाउने गरेका छन् । तेलको मूल्य बढेको भन्दै जिल्लामा सञ्चालित सवारीहरूले यात्रुहरूबाट आफू खुसी भाडा उठाउने गरेका हुन् ।आफूखुसी भाडा लिइरहेका ब्यवसायीहरूमाथी कसैले औँला उठाउन नसक्दा यस्तो परिस्थिति आएको यात्रुहरूको गुनाशो छ । अनुगमन गर्ने निकायले समेत कानमा तेल हाले झैँ गरेर बस्दा जिल्लाका यातायात ब्यवसायीहरूबाट यात्रु लुटिने गरेका छन् […]

उदयपुरमा जताततै आचरसंहिता उल्लंघन, किन हेर्दैन सम्बन्धित निकाय?

उदयपुर : सम्बन्धित निकाय मौन रहेकाले उदयपुरमा व्यापक रुपमा निर्वाचन आचर संहिता उल्लंघन भएको छ। आगामी मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि उदयपुरमा व्यापक रुपमा निर्वाचन आचारसंहिता उल्लंघन भएको हो। निर्वाचन आचरसंहिता २०७२ को परिच्छेद २ को ४ ‘झ’ मा निर्वाचनसम्बन्धी प्रचार प्रसारका लाग...