नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सभापति पदको मतगणना बुधवार बिहान १ बजेर ५३ मिनेट जाँदासम्म जारी छ ।
सभापति पदको ३५१८ मत गणना हुँदा शेरबहादुर देउवाले २१०७ मत ल्याएका निर्वाचन समितिले जनाएको छ ।
सभापतिका अर्का उम्मेदवार डा. शेखर कोइरालाले १३८४ मत ल्याएका छन् ।
सभापति पदमा निर्वाचित हुन २२८२ मत आवश्यक हुन्छ ।
सभापति पदको मतगणना मंगलवार राति सवा ११ बजेदेखि शुरू भएको हो ।
सोमवार भएको निर्वाचनमा सभापति पदका प्रत्यासी कसैले पनि ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेपछि पा...