काठमाडौं : नेपाल वैदेशिक रोजगार व्यवसायी संघले कतार भिसा सेन्टर खारेजको माग गरेको छ। सेन्टरले वैदेशिक रोजगारीमा जाने कामदारका लागि आर्थिक भार र समय बर्बाद गरेको भन्दै खारेजको माग गरेको हो। मंगलबार राजधानीमा एक कार्यक्रम आयोजना गर्दै सेन्टरले व्यवसायी र कामदार दुवैलाई समस्या पारेकाले खारेज गर्नुपर्ने नेपाल वैदेशिक रोजगार संघका अध्यक्ष कमल तामाङले बताए। मेडिकललगायत विषयमा ढिलाइ गर्दा ग्रामीण क्षेत्रबाट आई वैदेशिक रोजगारीमा जान चाहनेले रोजगारी गुमाउनुपर्ने अवस्था आएको संघको