ललितपुर - जावलाखेलमा रहेको सदर चिडियाखानाले बाघको सङ्ख्या धेरै भएपछि बाघलाई हप्तामा एक दिन व्रत राख्न थालेको छ ।
सङ्ख्या थपिँदै जाँदा आर्थिक भार थपिएकाले प्रत्येक शनिवार बाघलाई व्रत अर्थात् ‘फास्टिङ’मा राख्ने गरेको र शनिवार बाघले पानी मात्र पाउने सदर चिडियाखानाका सूचना अधिकारी गणेश कोइरालाले जानकारी दिनुभयो ।
ललितपुरको जावलाखेलमा रहेकाे सदर चिडियाखानामा चारवटा भाले र दुईवटा पोथी गरी जम्मा छ वटा बाघ राखिएको छ ।
एउटा बाघलाई प्रतिदिन पाँच केजीका दरले राँगाको मासु खु...