आर्थिक भार थप्दै रेल, ‘ड्राइ रन’ मै महिनामा ३० लाख खर्च

 जनकपुरधाम–जयनगर रेलवे सेवाका लागि संघीय सरकारले भारतको एक कम्पनीबाट रेल खरिद गरेर ल्याएको डेढ वर्षभन्दा बढी समय भइसके पनि रेल सञ्चालन हुन सकेको छैन । रेल सञ्चालनमा ढिला हुँदा आर्थिक भार भने थपिँदै गएको छ ।धनुषाको जनकनन्दनी गाउँपालिकाको ईनर्वा स्टेसनमा त्रिपालमुनि थन्क्याएर राखिएको रेल करिब एक महिनादेखि ‘ड्राइ रन’ (यात्रीबिना सञ्चालन) का क्रममा छ । ‘ड्राइ रन’ थालेको एक महिना नबित्दै ३० लाख रुपैयाँ खर्च भइसकेको छ ।जयनगर देखि जनकपुरधामको कुर्थासम्म एक महिनादेखि &