पहुँच आधारमा शिक्षकको काज सरुवा, विद्यालयलाई दोहोर आर्थिक भार

संखुवासभा : संखुवासभाको खाँदबारी नगरपालिकाले पहुँचका आधारमा काज सरुवा दिएको भन्दै स्थानीयले विरोध जनाएका छन्।  पहुँच आधारमा विद्यालय शिक्षकले काज सरुवा गरेर विद्यालयलाई दोहोर आर्थिक भार बनाएको भन्दै स्थानीयले आपत्ति जनाएका हुन्। सामान्यतया असम्भव मानिने विद्यालय शिक्षकको सरुवा संखुवासभाको खाँदबारी नगरपालिका–७ स्थित मंगलादेवी माध्यमिक विद्यालयकी शिक्षिकाले सम्भव बनाएकी छन्। सरुवा भइ जाने र सरुवा दिने विद्यालय दुवै ब्यवस्थापन समितिको स्वीकृती, सम्बन्धित स्थानिय तहरुको स्व