काठमाडौं : काठमाडौं महानगरपालिकाले कोभिड-१९ उपचारका लागि नि:शुल्क एम्बुलेन्स सेवा सञ्चालन गर्ने भएको छ। महानगरपालिकाले यसका लागि बिहीबार संयुक्त एम्बुलेन्स चालक संघबीच सम्झौता गरेको छ।महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्य र प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीको रोहवरमा महानगरकातर्फबाट जनस्वास्थ्य विभागका प्रमुख हरिबहादुर कुँवर र संघका तर्फबाट अध्यक्ष गोवर्धन सापकोटाले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए। जिल्ला प्रशासनले जारी गरेको निषेध आदेशका कारण सवारी चल्न नपाउने र सार्वजनिक याताया