विराटनगर। विराटनगर महानगरपालिकाले महानगरवासीको स्वास्थ्य सेवामा सर्वसुलभ पहुँचका लागि एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ । महानगरकी कार्यवाहक मेयर शिल्पा निराला कार्कीले बुधवार एम्बुलेन्स सेवाको उद्घाटन गरिन् । महानगर क्षेत्रमा बसोवास गर्ने प्रसूतिका लागि एम्बुलेन्स सेवा नि:शुल्क उपलब्ध गराइनेछ । त्यस्तै ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिक, रातो र नीलो कार्ड प्राप्त गरेका अपांगता भएका व्यक्तिका साथै न्यून आय भएका महानगरवासीलाई नि:शुल्क रूपमा एम्बुलेन्स सेवा उपलब्ध गराइने कार्यवाहक मेयर कार्कीले जानकारी दिइन् । शुरूमा दुईओटा एम्बुलेन्समार्फत सेवा प्रदान गरिनेछ ।