सुर्खेत : त्रिपुरासुन्दरी नगरपालिका डोल्पाले निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ। नगरपालिकाले १६ लाख रुपैयाँ लागतमा आर्थिक वर्ष २०७८/७९ को बजेटबाट एम्बुलेन्स खरिद गरी सञ्चालनमा ल्याएको हो।नगरपालिकाले नगर क्षेत्रका बिरामीलाई अस्पतालमा पुर्याउनका लागि निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने जनाएको छ।पालिकाले सञ्चालनमा ल्याएको निःशुल्क एम्बुलेन्स सेवाको नगरप्रमुख जनचन्द्र रोकाया, जिल्ला समन्वय प्रमुख श्यामबहादुर रोकाया, जिल्ला अदालतका न्यायाधीश केशवराज चपाई र प्रमुख जिल्ला अध