काठमाडौं : काठमाडौं महानगरपालिकाले समुदायमा फैलिएकाे डेंगुरोग नियन्त्रण गर्न र सचेतना फैलाउन पहल सुरु गरेको छ।समुदायमा फैलिएकाे डेंगुरोग नियन्त्रणका लागि महानगरले स्वास्थ्य परामर्शसहितकाे २४ घण्टे हटलाइन सेवा र निशुल्क एम्बुलेन्स सेवा सुरु गरेकाे महानगरका मेयर बालेन शाहले जानकारी दिएका छन्।मेयर शाहले फेसबुकमार्फत भनेका छन्, ' डेंगु जसरी समुदायमा फैलिएको छ, त्यसको रोकथाम र नियन्त्रणका लागि अत्यधिक सचेतना र क्रियाशीलताको आवश्यकता भएको कुरा हामी सबैले अनुभव गरेको कुरा ह